भाइरल भयो चलचित्र‘ओएल कम टु हेम्जाकोट’को पहिलो गीत

पछिल्लो समय नेपाली चलचित्र सार्बजनिक हुन सकेको छैन तर धेरै चलचित्रहरु रोकिएको भने सबैलाई थाहै छ,त्यसै भित्र एक बहुप्रतिक्षित चलचित्र भित्र पर्छ ‘ओएल कम टु हेम्जाकोट’।सोहि चलचित्रको पहिलो गीत सार्बजनिक भएको छ।चलचित्र भित्र समाबेस भएको एक मौलिक तिहार देउसी भैलो गीत ‘सेलको बासना’बजारमा आएको हो।

गीतमा चर्चित गायिका सान्ति श्री परियार,अश्मिता अधिकारी चर्चित गायक राज सागर र रन्जन इसानको सुमधुर आवाज रहेको उक्त गीत यो बेला साकुरा मल्टीमिडियबाट सार्बजनिक भएको हो।उक्त गीत संगै चलचित्रमा लोकप्रिय कलाकारहरु बुद्धि तामाङ्ग ,सरोज खनाल ,रवि गिरि,रश्मि भट्ट,अश्मिता पन्त,अम्बिका तामाङ्ग,राजु श्रेष्ठ,सन्दिप सिक्देल ,सुष्मा कार्की,दिनेश खड्का लगाएत रहेका छन।

उक्त चलचित्रको गीतको संगीत भने राज सागरले गरेका हुन् भने सब्द निशान निष्कर्षले कोरेका हुन्।निर्माता जितेन्द्र गिरि ,तेज प्रशाद दाहाल र सह निर्माता सुमन खड्का संगै कार्यकारी निर्माता अर्जुन गिरीको निर्माण भित्र तयार भएको चलचित्र छिट्टै सार्बजनिक हुने निर्माता टिमले वताएको छ।चलचित्रको निर्देशक तथा लेखन भने सरोज पौडेलको रहेको छ।हेरौ देउसी गीत :