आयुषा बस्नेतले उचालिन् ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’को उपाधी

इटहरी/ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’ सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले बिजेताको ताज पहिरिन सफल भएकी छन् । उनले बिजेताको ताज सहित १ लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फिनालेबाट फर्स्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार बन्न सफल भएकी छन् । यी २ ले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गरिन् ।

बिजेता तथा उप-बिजेताहरु सबैले गीता एभिएसनबाट एयर होस्टेजको निशुल्क तालिम समेत प्राप्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गीता एभिएसनका प्रबन्ध निर्देशक तथा सौर्य एयरलाइन्सका क्याप्टेन जनक अधिकारी रहेका थिए । मार्सी वियरले टाईटल स्पोन्सर गरेको यो प्याजेन्टको ग्रान्ड फिनालेमा १५ जना प्रतिष्पर्धी अन्तिम प्रतिष्पर्धामा थिए । यस्तै प्रतियोगितामा सब टाईटलहरु पनि वितरण गरिएको थियो । जस अन्तर्गत सोफ्टी मिस ट्यालेन्ट बिन्जु राजधामी, गीता एभिएसन मिस फोटोजेनिक निकिता धमलाले हात पारिन् ।

त्यसैगरि मार्सी मिस क्विन अफ पिपुल च्वाइस, मिस फ्रेन्ड्सिप र मिस बेस्ट क्याटवाकको सब टाईटल त्रीसा लिम्बुले हात पार्दा सुप्रीया राईले मेटस मिस लेडि अफ ब्रीलियन्सी, निलम श्रेष्ठले बराह मिस चार्मिङ, एलिना राईले सौर्य मिस पर्सनालिटी र तेजमाया तामाङले अजोड मिस ग्यालमरस लुकको अवार्ड हात पारे । धरानमा संचालनमा आएको नया बराह डिपार्टमेन्टको भवनमा फाईनल कार्यक्रम आयोजना गरिएको थियो । उक्त ब्युटी प्याजेन्टलाई गीता एभियसनको प्रस्तुतिमा सोफ्टीद्वारा संचालन गरिएको हो भने सौर्य एयरलाइन्सको सहयोगमा बराह ग्रुपले ल्याएको हो ।

१५ प्रतिष्पर्धीबाट उत्कृष्ट १० हुँदै उत्कृष्ट ५ बाट बिजेता छनौट गरिएको हो । फाईनल निर्णायकको रुपमा अरुण प्रधान, नवीन मेन्याङ्बो, चन्द्रीका मोते नेहा बजाज, डा.एनएल राजबन्शी, डोरेन्द्र लाल दाहाल, पवन अधिकारी, सुरेश राई रहेका थिए भने प्रमुख निर्णायकमा क्याप्टेन अनुप थापा रहेका थिए । प्रतिष्पर्धीहरुलाई विभिन्न तालिमहरु गराईएको थियो भने मिस लुमियर इन्टरनेसनल वर्ल्डमा मिस ग्ल्यामर अवार्ड जित्न सफल भएकी तथा मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनरअप सिम्रन श्रेष्ठले कोरियोग्राफी गराएकी थिइन् ।