पाेखरामा पानीको इनारमा युवक मृत भेटिए

पाेखराकाे बेगनास बसपार्कस्थित पानीकाे इनारमा मंगलबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

कास्कीकाे अन्नपूर्ण गाउँपालिका-३ भदौरे देउराली बस्ने अन्दाजी २२ वर्षीय राजु लामिछाने मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

लामिछाने पोखरा महानगरपालिका-३१ बेगनास बसपार्कस्थित पानीको इनारमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ।