भाइरल झाँक्रीको आत्मा बोलेको होइन झुट हो भनेपछी मध्यरातमा पर्यो लफडा, पर्यो चर्काचर्की, बनझाक्रीकाे आत्मा रोयो, नपत्याउनेले नै ढोगे अन्त्यमा (भिडियो सहित)

भाइरल झाँक्रीको आत्मा भड्कियो काल झाँक्रीको जिउमा भाइरल झाँक्री आएर रुँदै बोले । झाँक्रीको आत्मा होइन भन्दै एकजना मान्छेले जिस्काउँदै नपत्याएपछि मध्यरातमा लफडा पर्यो । उनले यस्तोसम्म सुनाए कि सुन्ने सबैका आँखा रसाए । पछिल्लो समय निकै चर्चामा रहेका भाइरल झाक्री कृष्ण घतानीको केही दिन अगाडि ताप्लेजुङ अस्पतालमा संसार छोडेका छन । फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी छोटो समयमा निकै चर्चामा रहेका थिए । उनको विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा निधन भएको थियो । पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई सर्पले दाहिने हातको हत्केलामा डसेको थियो ।

सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए । झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो । हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको थियाे । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका थिए । आहिले भाइरल झाँक्रीको आत्मा काल झाँक्रीको शरिरमा आएर मध्यरातमा बोल्न थालेको छ । झाँक्रीको आत्मा भड्किएको र अब गाउँ नै सक्छु भन्दै रुँदै यस्तोसम्म भनेपछि रुवाबासी नै चल्यो । उनको मृत्यु अन्य झाँक्रीले बान हानेको कारणले भएकाे भन्दै धरधरी रोए । एकैछिनमा एकजना मान्छेले नाटक गरेको हो झाँक्रीको आत्मा होइन भनेपछि लफडा भयाे । निकै चर्काचर्की परेपछि सबै सोध्दा झाँक्रीले मिलाएपछि अन्तिममा सबैले ढोगे भाइरल झाँक्रीले यस्तोसम्म भने पत्याउनै नसकिने तलको भिडियोमा हेर्नुहोस ।