अमेरिकामा कोरोना महामारीको दोश्रो बर्ष पनि नेपालीहरुको यसरी बडा दशैँ मनाए (अमेरिकाभरका विशेष तस्बिरहरु सहित )

विजय थापा । अक्टोबर १५ , डिसी महानगर क्षेत्र । कोरोना महामारीको चपेटामा बिश्व मै सर्वाधिक प्रभावित परेको अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७८ सालको बिजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् ।

अमेरिकामा एक छेउ देखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने हुनाले टीका थाप्ने काम जारी छ । अमेरिकामा बिजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले काम बाट आएर पनि टीका परिवारलाई लगाई दिएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दशैँ मनाई पनि रहेका छन् ।

अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । यस पटक लगातार दोश्रो बर्ष पनि कोरोना महामारीको कारण आफन्त, ठूला बडा ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका ग्रहण सीमित रुपमा गरेका छन् ।

अमेरिकामा अझ सम्भवत सबै नेपालीहरुले पूर्ण खोप लगायता पनि डेल्टा प्रजातिको कोरोनाको आक्रान आफ्ना एकल परिवार वा घर भित्रै रहेका परिवार सदस्यहरु बीच मात्रै दशैं मनाएका छन् भने जानै पर्ने स्थानमा टीका थापेका छन }

अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ०२ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । अमेरिकामा दशैको दिनमा सेलरोटि, मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार ,काक्राको खल्पी तथा शाकाहारीको लागि फलाहार आदि ईत्यादी समेत आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

बर्ष दिनमा आउने महान चाड दशैंमा नेपाली पोशाक दौरासुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी (फरिया) तथा गरगहनामा सजिएका थिए । साना बाल बालिकाहरुका लागि दशैं निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिदा निकै दङ्ग परेका देखिन्थे ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।