गायिका गीता विश्वकर्माको ”मुग्लान” सार्वजनिक

काठमाण्डौं ।
नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदना ले भरिएको मौलिक दशैं गीत ”मुग्लान” गीतको भिडियो सार्वजनिक भएको छ ।
परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ । शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।

राम कृष्ण कडेँलको छायाँकन , विष्णु प्रसाद अर्यालको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा देख्न सकिन्छ । भिडियोमा रितेष श्रेष्ठ , सुर्य क्षितिज लामा , सविना केसी , स्वस्तिका राई , लक्ष्मी लामा , राजन मर्हजन , बसन्त बर्मा , मोती राम थापा , युवराज गजमेर , पुजा नेपालीको अभिनय रहेको छ ।
”मुग्लान” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोेस ।