आजको राशिफल बि.सं. २०७८ साल असोज २० गते बुधवार : पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७- ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल असोज २० गते बुधवार ई.सं.२०२१ अक्टोबर ६ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण औँशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रम्हा योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूणर् कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूणर् कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५८ मिनेट देखि ७ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज कृष्ण औँशी श्राद्ध, पितृ विसर्जन, सोह्र श्राद्ध समाप्ती रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० – शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभ अङ्क स् ६ र शुभ रङ्ग स् सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ धन्वन्तरीदेवाय नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० – सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूणर् सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूणर् रहला । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभ अङ्क स् ५ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ ग्रां ग्रीं ग्रौं सस् गुरवे नमस् न्यूनतम जापसङ्ख्या स् १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० – मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । आजका लागि शुभ अङ्क स् ४ र शुभ रङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ नमस् भद्रकाल्यै न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० – रोजगारी र व्यापाररव्यवसायमा आज विशेष महत्त्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क स् ३ र शुभ रङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ धरणीसुताय नमस् न्यूनतम जापसङ्ख्या स् १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० – राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन-पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुनेछ । आजका लागि शुभ अङ्क स् २ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बृं बृहस्पतये नमस् न्यूनतम जापसङ्ख्या स् १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० – हाँकेको ताकेको काममा सफल भइनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउने छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ केशवाय नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० – केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभ अङ्क स् ३ र शुभ रङ्ग स् छिरबिरेररङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कें केतवे नमस् न्यूनतम जापसङ्ख्या स् ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० – साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभ अङ्क स् २ र शुभ रङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बगलामुखीदेव्यै नमस् न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइनेछ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ वास्तुदेवताभ्यो नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० – पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । आजका लागि शुभ अङ्क स् ९ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ गुरवे नमस् न्यूनतम जापसङ्ख्या स् १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० – सहयोगीहरूको भरपर्दा सबै काम नबन्नसक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभ अङ्क स् ८ र शुभ रङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ वायुपुत्राय नमस् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभ अङ्क स् ७ र शुभ रङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कुलदेव्यै नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।