“भिटेन” पहिलो पटक सहयोगार्थ कार्यक्रममा जादै

काठमाडौँ । हिन्दु नेपालीहरु महान पर्व विजयादशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ जाने भएका छन् । यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक प्रकाश घर्ति मगरले जानकारी दिनुभयो ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,मोडल बिजय पुन, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रमलाई सफल पार्नका लागी आयोजक पक्षले विजया दशमीको छेकोमा सबैलाई उपस्थित हुन आग्रह गरेको छ । टिकट दर भने भि.आई.पी.रु ५०० रहने छ भने नर्मल रु ३०० रहने छ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ विजया दशमीको छेको पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्रजेज हो भने सह अयोजक के.एम्. फिट्नेस सेन्टर हो ।