कपूर बमले ललितालाई दिए ज्यान मार्ने धम्की,दाजुलाई गरे सुन्नै नसकिने गाली, ललिता धरधरी रुँदा बुबा पनि सँगै रोए (दर्दनाक भिडियो सहित)

कतारमा झुक्याएर पेट बोकाउने कपुर बमले गर्भवती श्रीमतीलाई कुटपिट गरेर रातारात मुगु फरार भएका थिए । अहिले ललितालाई ज्यान मार्ने धम्की दिएको भन्दै ललिता रुँदै मिडियामा आएकी छिन । जेठी श्रीमती र कपूरले कुटपिट गरेर रातारात मुगू फरार भएको भन्दै डाको छोड़ेर रोईन । केहि समय अगाडी बिदेशबाट आउँदा ७ महिनाको गर्भ लिएर आएकी झापाकी चेलि केही समय अघि आफूलाई अलपत्र बनाएर मुगुका एक कपूर बम नाम गरेका युवा फरार भएकाे बताउँदै मिडियामा आएकी थिइन । कतारमा हुँदा परेको मायाप्रेमले आफूलाई घरको न घाटको बनाएको बताउँदै रुँदै मिडियामा आफ्ना दुःख पोखेकी थिइन । कपूर बमको घरमा एक श्रीमती रहेकाे कुरा आफु गर्भवती भएपछी मात्र थाहा पाएको बताएकी थिइन । धेरै दिनको खोजीपछि कपुर बम मुगुबाट झापा आइपुगेका थिए ।

आज कपूर र उनकी श्रीमती दुबै जना ईलाममा रहेको ससुरालीमा पुगेका थिए । आक्रोशित ससुराले पुग्नेबित्तिकै झपारे । ससुराले बोल्दाबोल्दै सहन नसकेर हातसम्म हालेका थिए । उनीहरूले सुरुदेखिको सम्पुर्ण कहाँनी सुनाउँदै भक्कानो छोडेर रोए । दुबै श्रीमती मिलेर बस्ने भन्दै रोएका थिए । ससुराले मध्यरातमा यस्तोसम्म गरेपछि कपुरलाई जोगाउन मुस्किल परेको थियो । गल्ती भयो भन्दै धरधरी कपुर बम रुँदा दाजु पनि रोएका थिए । अन्तत: परिवारले रुँदै कपुरको जिम्मा लगाएका थिए । जेठी श्रीमतीलाई पनि झापामा नै लिएर आएका कपुर बम करिब ४ महिना बसेका थिए । केहि दिन अघी ललितालाई कुटपिट गरेर कपुर बम रातारात मुगु भागेका थिए । कहिले आउने यहाँ गार्हो भयो भनेर फोन गर्दा कपूरले ललितालाई ज्यान मार्ने धम्की दिएको र दाजुलाई सुन्नै नसकिने गाली गरेकोे भन्दै ललिताले रुँदै यस्तोसम्म सुनाईन छेउमा बसेका बुबा समेत भक्कानो छोडेर रोए तलको भिडियोमा हेर्नुहोला आँशु आउनेछ ।