हेरौ दोहोरी च्याम्पियनमा बिष्णु खत्री यो हप्ता अतिथी निर्णायकको रुपमा देखिदै ?

नेपाली लोक संगीतमा सबैको मन मुटुमा बसेका लोकप्रिय गायक बिष्णु खत्रीलाई अन्तत अतिथी निर्णायकको रुपमा यो हप्ता दोहोरी च्याम्पियनमा आम दर्शक श्रोतले देख्न पाउने भएका छन।उनि र बैकुण्ठ महत एकसाथ अतिथी निर्णायकको रुपमा दोहोरी च्याम्पियनमा पुगेका हुन्।

आम नेपालीको माग अनुसारनै बिष्णु खत्री अतिथी निर्णायकको रुपमा पुगेका हुन्।दोहोरी च्याम्पियनको यो हप्ताको कार्यक्रम आम दर्शकको चासोका कलाकारहरु रहेका छन।दुवै टिम निकै चर्चित हो,प्रकाश पराजुली र मिना बुढाथोकीको टिम संग रिता रावत र सबिन आचार्य भिड्ने भएका छन।

गत भागहरुमा रिता थोरै अड्किएको भए पनि आम दर्शकले धेरै भोट गरेर यो ठाउँसम्म ल्याएका थिए सायद यसै कान हुन सक्छ उनको यात्रा झन् अगाडी बढेको छ।उता प्रकाश र मीनाको टिम लगातार अगाडी आएको छ।यस अगाडी प्रकाश र मीनाले अस्मिता डिसी र जीवन सिग्देलको टिमलाइ पराजित गरेको थियो भने रीताको टिमले सरोज र सीताको टिमलाइ आउट गरेको थियो।

लोकप्रिय गायक बिष्णु खत्रीलाई यो पटक निर्णय गर्न निकै हम्य हम्य पर्ने देखिएको छ।यी दुवै टिम निकै उत्कृष्ट भएको कारण पनि बिष्णु खत्रीले कस्तो निर्णय गर्ने छन भनेर आम दर्शक प्रतिक्षामा रहेको पाईन्छ।दुबैको फ्यान उस्तै देखिएको पनि छ।पुरानो टिमको हिसाबले भने प्रकाश पराजुलीलाइ दर्शकले अगाडी जानु पर्छ भनेका छन भने नया टिमको हिसाबले रिता अगाडी जानु पर्छ भन्दै कमेन्ट गरेका छन।

दुवै टिम भोटको लागि कसिएको देखिन्छ।रीताको टिमले अघिल्लो टिम सबै भन्दा धेरै भोट ल्याउने टिमको रुपमा चिनिदै आएको सरोजको टिमलाइ समेत पराजित गरेपछि प्रकाश र मिनालाई थोरै डर भने देखिन्छ।प्रकाशको नजिकको साथी हुन् सबिन र रिता त्यस हिसाबले पनि को अगाडी जाला भन्ने प्रश्न उठेको हो।अहिले दर्शकले निर्णय न दिए सम्म अनुमानमा यो टिम अगाडी जाला भन्ने सोच न बनाएनै हुने देखिन्छ।

दुवै टिमलाई अग्रिम सुभकामना छ।