८ दीनमा भेटीयो सेतिमा टीकटक बनाउदा खसेकी पवित्रालाई यस्तो अबस्थामा पानिमा तैरीरहेपछि

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी किशोरीको श’व फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको स’मयमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी थिइन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो । आज असोज ६ गते लम्सालको शव नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका (७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो । उनको शव घटना गतेको एक सातापछि फेला परेको हो । हामीले स्थलगत रीपोर्टीङ लिएर तपाइहरु माझ प्रस्तुत भएका छौ कृपया यो भिडियो हेर्नुहोस |