को-पाइलट को हुन् किन भएन कुनै चर्चा ? ७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पासँग रहेकी यी महिला हेर्नुहोस ! (भिडियो सहित)

काठमाडौ । सोमवार बुद्ध एयरको विमानलाई ठूलो दुर्घटनावाट जोगाउन सफल भएपछि पाइलट क्याप्टेन आङगेलु शेर्पाको चर्चा निकै चुलिएको छ । सोमवारको घटनापछि उनको समुह ४ जनालाई विदामा पठाइएको छ भने विमानले नियमित उडान सुरु गरेको छ । क्याप्टेन आङगेलु शेर्पाको जति चर्चा भयो उनलाई विमान सफल अवतरण गराउन सहयोग गर्ने चालक दलका अन्य ब्यक्तिहरुको भने त्यती नाम आएन ।

पाइलट को पाइलट र विमान परिचारिकाहरु सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । क्याप्टेनले अवस्थाको जिम्मेवारी लिने हो । उनको कमाण्डमा नै सबैले काम गर्नुपर्छ । तर टिममा सबैको भूमिका भने उत्तिकै हुन्छ । क्याप्टेन आङगेलु शेर्पा चर्चित भएसंगै उनका ब्यक्तिगत जिवनका पाटाहरुका बारेमा पनि चर्चा हुन थालेको छ ।

उनको सामाजिक सञ्जाल खोतलेर ब्यक्तिगत जिवनका कुराहरु पनि सार्वजनिक गर्न थालिएका छन् । माथिको तस्बिरमा क्याप्टेन आङगेलु शेर्पामा देखिएकी युवतीका बारेमा के तपाईलाई थाहा छ ? उनी पनि पाइलट नै हुन् । जसको नाम पेमा लामा हो । पेशाले पाइलट पेमा क्याप्टेन आङगेलु शेर्पाकी श्रीमती पनि हुन् । उनले पनि विगत ६ वर्ष देखि बुद्ध एयरकै जहाज उडाउँदै आएकी छन् ।

महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ। उनलाई पति क्याप्टेन आङगेलु शेर्पाले नै यो पेशाका लागि अभिप्रेरित गरेका हुन् ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्।

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर अध्ययन गरिन्। त्यहाँ अध्ययन सकियो। त्यसपछि के गर्ने ? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् ।

जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको विवाह भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं बनौं जस्तै लाग्यो।