महानायक को ?

प्रिन्स युवराज,

अहिले फेरी नेपाली फिल्मी बजार एका एक महानायक र माहानायिका को पदबी ले तातिएको छ हुन त यो भन्दा अघी पनि साना तिना बिबाद नआएका भने हैन तर यसपाली भने भुवन केशी आँफैले बडो ताम्झाम का साथ महानायक घोशणा गर्न शोभित बस्नेत लाई लगाए तेती मात्र हैन उनले शिव श्रेष्ठ लाई रिअल महानायक तथा गौरी मल्ल लाई रिअल महानायिका भन्दै बर्सौ देखी दर्शक को माया र सदभाब पाएका असली महनायक् राजेश हमाल र हाल सालै घोषणा गरिएकी अर्की माहानायिका करिश्मा मानन्धर को पदबी लाई बिबाद मा ताने। हुन त जती सुकै स्याल हुइया मचायपनी नेपाली दर्शक ले महानायक भनेर राजेश हमाल को बिकल्प अरु देख्दैनन जुन कुरा देश देखी बिदेश सम्म यि दुई नायक हरु संगै प्रोग्राम मा जादा उनिहरुलाई आयोजक ले गर्ने ब्यवहाँर मा हामीले देखी सकेका छौ तसर्थ यस्तो वाइयात बिबाद झिक्नु भुवन केशी लगायत अनमोल केशी को लागि पनि प्रत्युपादक हुन सक्छ भन्छन फिल्मी पन्डित हरु किन भने हाल सम्म जो जो मैदान मा राजेश हमाल को खिलाफ मा आए ति सबै पत्ता साफ भएको ईतिहास छ भलै जसले जस्तो सुकै बिबाद झिके पनि महानायक राजेश हमाल ले कहिले कसैलाई जबाफ फर्काएको पाउदैन तर उनको लागि सिङो दर्शक एक ढिक्का भयर उनको पक्ष मा बोली रहनु भनेको उनले कसरी दर्शक को मन जिती रहेका रहेछन भनेर बुझ्न गाह्रो छैन तसर्थ सबैले बुझ्नु पर्ने कुरा चाँही के हो भने राजेश हमाल लाई तेसै महानायक भनिएको हैन तत्कालिन अवस्था मा देश माओवादी गृहयुद्ध मा फस्दै गैइरहेको बेला देश भर का सिनेमा हल हरु बन्द हुँदै गैरहेको अवस्था थियो भने शहर मा भएका हल हरुमा पनि हिन्दी चलचित्र आक्रामक रुपमा नेपाल मा भित्रिंदै गर्दा पूर्ण रुपमा संयमता अपनाइ नेपाली फिल्म उध्योग लाई अघी बडाउनु पर्छ भन्दै सयौ निर्देशक निर्माता सग सहकार्य गर्दै, यो नयाँ निर्देशक, यो पुरानो निर्देशक, यो नयाँ नायिका, यो पुरानो नायिका, यो नयाँ निर्माता, यो पुरानो निर्माता नभनी सबैलाई मौका दिदै एक छत्र राज गर्दा पनि कुनै घमन्ड नदेखाइ कसै सग रिस राग नराखी महानायक राजेश हमाल ले अनवरत रुपमा नेपाली चलचित्र खेलिरहे। अन्य उनका समकालिन हरु लगायत उनी भन्दा पछी आएका कती पय कलाकार हरु नेपाली फिल्म मा भबिश्य नदेखर बिदेश पलायन हुँदै गर्दा सिङो सिने जगत लाई एक लौटी काध मा बोकेर हिडिरहे। यो वस्तबिकता लाई यदी कसैले नजर अन्दाज गर्छ भने ३ करोड नेपालीलाई मान्य हुने छैन तसर्थ महानायक राजेश हमाल एउटा ब्यक्ती हैन नेपाली फिल्म को लागि सिङो युनिभर्सिटी हो भन्दा फरक पर्दैन किन भने हाल सम्म सबै भन्दा बढी फिल्म मेकर हरु सग काम गर्ने तथा बर्सौ सम्म क्यामरा अगाडि उभियर रात दिन काम गर्ने अवसर पाएको कोही अभिनेता नेपाल मा छ भने राजेश हमाल नैइ हो। तसर्थ महानायक लाई सम्मान सिङो राष्ट्र अनी अन्त राष्ट्रिय स्तर ले गरी रहेको बेला मा के को रोरियो हो बुझ्न सकिएको छैन ?
अब रयो किन #महानायक मान्ने कुरा ???

१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, सयौ फिल्म मेकर तथा प्राबिधिक हरु जन्माउन सफल, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण **को बन्छ करोडपती** जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, अन्य थुप्रै अन्तरराष्ट्रिय ब्रान्ड् ले पत्याएको अभिनेता, त्येसै गरी ३०५ वटा फिल्म मध्य युग देखी युग सम्म, अधिकार, देउता, देउकी, भाउजु, भरिया, कसम, जिन्दगानी, हामी तीन भाई, अल्लारे, अवतार, सिमाना, कर्णबिर, चटयाङ, भिस्मप्रतिग्या, प्रतिगया, मैदान, पृथ्वी, चाहना, ज्वाला, गाउले, अर्जुन, एक नम्बर को पाखे, पारीभाशा, अपराध, गोपी कृष्ण, साथी, ढुकढुकी, कर्म योद्धा, राम लक्षण, हिरो, मर्यादा, माटो बोल्छ, नायक, शंकर, जङबाज, चट्टान, चोरसिपाही, जे भो राम्रै भो, दुलही, सन्यास, सन्तान को माया, माइली, कृष्ण अर्जुन, जुन तारा, बसन्ती, पाले दाई, Mr राम क्रिश्ने, परेली, चमत्कार, शिव शक्ती, कान्छा, प्रहार, परदेशि कान्छा, कानुन, कवज, दादा गिरी, गोरेटो, चादनि, अग्नीपरिक्ष्या, रक्षक, मन मन्दिर, जेठो कान्छो, मुक्ती दाता, डर, जीवनदाता, फैसला, इज्जतदार, दोबटो, कुरुक्षेत्र, खल नायक लगायत ११३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा ति मध्य २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने क्षमता अन्य अभिनेता मा देखिएको पनि छैन। यसर्थ यस्तो एक सताब्दी मा एक चोटि जन्मिने एस्तो ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सम्मान दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ…
मन बाटै गर्व लाग्छ महानायक ज्यु।

म कसैको नाम लिन चाहान्न तर पनि बिगत लाई फर्केर हेर्छु र भन्न मन लाग्छ बर्षमा १/२ वटा फिल्म खेल्ने ले रोजगार सृजना गर्छ कि बर्ष मा १५/१६ वटा फिल्म खेल्ने ले।मेरो प्रश्न तिनिहरुलाइ हो जसले आफ्नो बिबेकलाई सहि रुपमा परिचालन गर्न सकेन।अर्को कुरा फ्लफ हीरोले अरुको निर्माणमा ३०० बडी फिल्म खेल्छ कि चलेको हीरो ले फिल्म नपाएर फिल्म बनाउन थाल्छ।जसले हिरो हुनाकै लागि घर जग्गा लीलाम गर्छ त्यो सफल कि जसलाई फिल्ममा खेलाउन लाइन बस्नु पर्ने हीरो सफल।अर्को कुरा मान सम्मान र क्षमता को जोड घटाउ दर्शक ले गर्ने हुन नकी एउटा झुन्ड ले अज्ञानी बृद्धबालक।

तसर्थ बारम्बार यो बिबाद जिक्नु भन्दा सधैं को लागि माहा नायक राजेश हमाल, एक्सन किङ शिव श्रेष्ठ, एक्टिङ किङ सरोज खनाल, सदाबहार नायक भुवन केशी, माहानायिका करिश्मा मानन्धर, एक्टिङ क्विन गौरी मल्ल लाई दिदै यो बिबाद टुङाउनु सम्पूर्ण कलाकार तथा सिङो फिल्म Industry को हित मा छ जस्तो लाग्छ।
सबैको जए होस तर याद गरौ महानायक चाँही राजेश हमाल नै हुन है🙏
जय महानायक राजेश हमाल ।