युटुवमा तहल्का मच्चायो लन्ठु गायक चिज गुरुङ, रेशम निर्दोष र मिना बुढाथोकीले गाएको दोहोरीले (भिडियो)

दोहोरीको इतिहासलाई अर्को रेकर्ड कायम गर्ने गरि लन्ठु भाग ४ युटुबको ट्रेनिङ १ मा प्रवेश भएको छ।सारंगी संसारको प्रस्तुतिमा यो दोहोरीले एउटा रेकर्डनै कायम गरेको छ।लगातार ट्रेनिङमा परेको यो दोहोरी आम दर्शकले रमाईलोको लागि र केहि संदेशको लागि हेरेका छन।

एक बुहारी छोरा र सासुको कथा जोडिएको यो दोहोरीमा नितान्त मौलिक भाषालाइ जोड दिईएको छ भने बोलीचालीका शब्दहरु अलिक बढी प्रवेश गरिएको छ।सारंगी संसारले नियमित दोहोरी प्रशारण गर्दै आएको र यो दोहोरीको भाग भने सारंगी संसारको लागि झन् बिशेष भएको थियो।

नया भाकामा चुनौती मोलेर यो दोहोरी निर्माण गर्दा पनि आम दर्शकको सबै भन्दा प्रिय भाग भएको भन्दै सारंगी संसारका संचालक कमल बि.कले खुसि व्यक्त गरे।उनि खुसि हुदै भन्छन “धेरै अपेक्षा गरिएको थियो तर कति पटक डर पनि थियो यस अगाडी बसन्त थापाको मौलिक गीत सानिमायाको भाकालाई पुराना भागहरुमा समाबेस गरियो यो पटक भने आफ्नै तरिकाले गर्दा चुनौती थियो तर दर्शकले झन् उत्साहित बनाएर हेरिदिनु भयो हामी अझै खुसि भएका छौ।”