मोना अमेरिकाको स्थापना संगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित

म्याग्दी प्रवासी नेपाली संघ (मोना )अमेरिकाको स्थापना संगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का आइतबारका दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित भएको छ ।

स्थापना संगै अमेरिकाको लागि अध्यक्ष पदमा रघु सुवेदी,महा सचिवमा शुभाष भण्डारी ,कोषाध्यक्षमा रक्षा बानिया केसी लगायत बिभिन्न पदमा विभिन्न राज्यहरुबाट निर्वाचित भएका छन् ।

सेवा,समर्पण र स्थायित्व,मातृभूमि प्रति हाम्रो दायित्व नामक मूल नारा सहित सन् २००७ मा स्थापित उक्त सँस्था बिश्वका २७ देशहरुमा समिति निर्माण छ । मोना अमेरिका २७ औ कार्यकारी समिति हो ।

बिदेशमा रहेका म्याग्दीवासीहरुको पहल र म्याग्दी जिल्लालाई केही सहयोग गर्ने पवित्र उद्धेश्यसाथ स्थापना भएको संस्थाले बिगतमा २ करोड संकलन गरि ४० वटा घरहरु समेत निर्माण गरेको छ ।

अमेरिकामा विधिवत रुपमा स्थापना भएता पनि हाल तदर्थ समिति निर्माण भएको र दुई बर्ष भित्र यसको बिधान समेत लेखिने छ । उक्त स्थापना दिवसमा म्याग्दीघर भै हाल अमेरिकामा विभिन्न राज्यहरुमा रहेका म्याग्दीवासीहरु मध्ये अन्तर्राष्ट्रिय मोनाका उपाध्यक्ष अम्मर छन्त्यालको लगायतको बिशेष जोड र पहलमा अमेरिकामा मोना स्थापना हुन् सफल भएको छ ।

लामो समय देखि मोना स्थापना गर्ने प्रयास रहेका पनि अन्तत्वगत्वा सेप्टेम्बर २६ का दिन साइत जुरेको छ । अधिकांश वक्ताहरुले म्याग्दी समाज रहेको अवस्थामा अमेरिकामा मोनाका स्थापना जरुरत र आवश्यक नभएको भनि विभिन्न राज्यमा बसोबास गर्ने म्याग्दीवासीले फरक मत समेत राखेको मन्तब्यमा राखेका थिए ।

कार्यक्रममा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष लगायतले जुम मार्फत आफ्ना केही धारणा,मोनाको बारेमा संक्षिप्त ब्याख्या तथा केही महत्वपूर्ण कुराहरु राखेका थिए ।

अन्तर्राष्ट्रिय मोनाका उपाध्यक्ष अम्मर छन्त्यालले मोना स्थापना गर्दा केही गुनासा पनि आएको सन्दर्भ ल्याउदै अब हामीले फुटेर हैन जुटेर काम गर्नु पर्ने र मोना स्थापना गर्दा ६ बर्ष बिताएको तितो अनुभव रहेको जताए ।

अध्यक्ष पदमा निर्वाचित भएका रघु सुवेदीले अमेरिकाका म्याग्दीवासीले दुख नपाउने प्रतिबद्धता गर्दै म्याग्दीमा मानसिक स्वास्थ्य सम्बन्धि उपचार केन्द्र स्थापना गर्ने इच्छा रहेको बताए । उनले अगाडी भने अब ढुक्क हुनुहोस् र हामीसंग हातमा हात मिलाउनु होस् भन्दै छन्त्याललाई अन्तर्राष्ट्रिय सभापतिमा उम्मेदवार हुन् आग्रह गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मोनाका सदस्य इन्द्र थापाले स्वागत मन्तब्य राखेका थिए मोनाको स्थापना भएकोमा आफूले सकारात्मक लिएको बताए । म्याग्दी समाज युएसएका संस्थापक सदस्य भिम रेग्मी निर्वाचन मण्डलका संयोजक थिए ।

प्रमुख अतिथि मोना अन्तर्राष्ट्रियका अध्यक्ष ओम जुकजाली जुम मार्फत सहभागी रहेका थिए भने उनले शुभकामना दिएका थिए ।

निर्वाचन संयोजक रहेकोले उनले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए । रेग्मीले सबै कार्यकारी समिति निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गर्दै सबैको नाम पढेर सुनाएका थिए ।

यसै गरि बिशेष अतिथि रहेका अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले पनि नव निर्वाचित समितीलाई बधाई दिएका थिए । उनले अनेसास स्थापना हुँदा पनि केही आरोप र प्रत्यारोप लागेको उल्लेख गरे । उनले मोना एक अन्तर्राष्ट्रिय भएको छ ।

स्थापना हुँदा हर्ष व्यक्त गर्दै मोनाले म्याग्दीमा आपतबिपत परेको अवस्थामा ठुलो काम गरेको स्मरण गर्दै अझ जिल्लालाई ठुलो मद्धत गर्ने कुरामा आफू बिस्वस्त भएको बताए ।

मोनाका महा सचिव शुभाष भण्डारी ,कोषाध्यक्ष रक्षा बानिया तथा मोनाका संस्थापक खेम भट्टचनले पनि मोना सम्बन्धि आफ्ना धारणा राखेका थिए ।