मलाई आफ्नै बुबाले मम्मी नहुदा ढोका थुनेर बलात्कार गर्नु भयो,कसैलाई भने पुलिसले लान्छ भन्नुहुन्थ्यो

एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ? एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन् । आफ्नै बुवाले करणी गरेको र कसैलाई सुनाए धम्की दिएको भन्दै एक किशोरीले युट्युवमा सार्वजनिक गरेकी हुन् । उनले आफु ११ वर्षको हुँदा नै बुवाले त्यस्तो गरेको भएपनि केही भन्न नसकेको बताइन् । सानी छंदा बुवाले जे गर्नु भयो त्यो के हो भन्ने आफुलाई थाहा नभएको बताइन् ।

तर अहिले आफु ठूली भएपछि पनि गएको माघ २० गते पनि बुवाले आफुलाई करणी गरेको किशोरीको भनाई छ । माघ २० गतेको घटना पछि बुवाले कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन, तेरो कुरा कसैले विश्वास पनि गर्दैन तँलाई नै प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको उनको भनाई छ ।

म आमासंग थिए बुवाले मलाई बोलाउनु भयो म जान ड’राए’की थिए । तर तँ संग काम छ भनेर बोलाउनु भयो अनि मलाई लगेर स्टोर लिएर जानुभयो । अनि कोठाको ढोका लगाएर मलाई करणी गर्नुभयो । कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ ।

आमालाई भनिस भने तँलाई नै नराम्रो हुन्छ प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको बताइन् । आमा माथि हुनुहुन्थ्यो तर मलाई बुवाले तल स्टोरमा लगेर यस्तो गर्नुभयो । उनले घटना पछि आफुलाई स्वास्थ्य समस्या भएको बताएकी छन् ।