नेपाली साहित्यमा नयाँँ आयाम: वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको यूट्युबमा ‘मुक्तकको कथा’ श्रृंखला शुरु

भक्तराज आचार्यद्धारा गाइएको “जति चोट दिन्छौ देउ मायालु”, अरुण थापालाई सबैभन्दा मनपर्ने दुई गीतमध्ये उन्ले गाएका “चोट के हो व्यथा के हो” जस्ता दर्जनौं कालजयी गीतका गीतकार वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले यूट्युबमा साप्ताहिक रुपमा ‘मुक्तकको कथा’ श्रृंखला शुरु गरेर नेपाली साहित्यमा नयाँ आयामको शुरुवात गरेका छन ।

गीत, मुक्तक, भजन र लघुकथा सबै बिधामा हात चलाउने भए तापनि वरिष्ठ गीतकार परिचय प्रधान बन्न पुगेको शालिन ब्यक्तित्वका धनी सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ साप्ताहिक कार्यक्रम सञ्चालन गर्न थालेका छन ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट र यस्को पहिलो एपिसोड शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

भक्तराज आचार्यद्धारा गाइएको “जति चोट दिन्छौ देउ मायालु”, अरुण थापालाई सबैभन्दा मनपर्ने दुई गीतमध्ये उन्ले गाएका “चोट के हो व्यथा के हो” (जुन गीत अरुण थापाकै चाहना अनुरुप उन्को शव यात्राको व्यानरमा यो गीत लेखिएको थियो), राजेश पायल राईद्धारा गाइएको “तिम्रो नजरको रमाइलो गाउँमा घुम्दाघुम्दै हराएँ म”, रविन शर्मा र तारा थापाको स्वरमा रेकर्ड भएको “फूल झरे पनि काँढा झर्दैन”, नेपाल टेलिभिजनले म्युजिक भिडियो बनाएको र एक समय निकै चलेको गीत सत्यनारायण राजभण्डारीको अन्तिम गीत र न्यूहुँ बज्राचार्यको पहिलो आधुनिक गीत बन्न पुगेको “नपिउने बाचा गराई गयौ म पिउँ कसरी, तिमी विनाको एक्लो जीवन म जिउँ कसरी”, संगीता राना प्रधानको स्वर रहेको “मन बिना बाँच्न पाए हुन्थ्यो” जस्ता कालजयी गीतहरुका रचनाकार सुवासचन्द्र ढुंगेलले ५ सय वटा आधुनिक गीत र डेढ सय हाराहारीमा भजन लेखेकोमा सयवटा गीत र २० वटा भजन रेकर्ड भएका छन्।मिलनभन्दा विछोडका, खुसीभन्दा दुःखका गीत बढी लेख्न रुचाउने, गीतमा मायाप्रेम र बिछोड मात्र नभएर जीवन दर्शन पनि हुने विशेषता ढुंगेलको सृजनामा पाईन्छ।

आफ्नो लेखन यात्राको शुरुवात गीतबाट गरेर उनी पछिल्लो समय मुक्तकमा सकृय भएका हुन् ।

भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यको परिकल्पना र निर्देशनमा प्रारम्भ भएको ‘मुक्तकको कथा’ को छायाँकन र सम्पादनमा प्रणय भुजू, व्यवस्थापनमा समन ढुंगेल र उद्धेस्य ढुंगेल तथा सहयोगी भूमिकामा रिचिन दुवाल रहेका छन ।

उक्त भिडियो कार्यक्रमका लागि पार्श्व आवाज किरण सुवालले दिएका छन ।

भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही, कार्यक्रम निर्देशक अल्बर्ट बज्राचार्य र सर्जक सुवासचन्द्र ढुंगेलले भक्तपुरमा साहित्य र संगीतको विकास क्रमका बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रमबारे सर्जक ढुंगेलको भनाइ थियो, “मुक्तकको कथा सुन्दा अनौठो लागे पनि मुक्तकहरु र तीनको मर्ममा आधारित कथा समेत प्रस्तुत गरिने भएकाले यो नाम राखिएको हो ।”

पिक्सेल प्रोडक्शन नेपालले यसको पोस्ट प्रोडक्शन गरेको छ ।

वरिष्ठ गीतकार ढुंगेलको यो प्रयास नेपाली साहित्यलाई अभिप्रेरित र उत्प्रेरित गर्ने काममा महत्वपूर्ण साबित हुनेछ र यो महत्वपूर्ण कार्यक्रमको लागि हार्दिक बधाई ज्ञापन गर्दै सफलताको लागि हार्दिक शुभेक्षा प्रकट गर्न चाहन्छु ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज ।