एभरेष्ट 100 रेष्टुरेन्टका सी ई यो प्रकाश महत दर्जनौ गीत लिएर आउदै

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक तथा संगीतकार युबराज मगर मगर र एभरेष्ट १०० रेष्टुरेन्टका सी ई यो प्रकाश महत बीच नया गीतको सहकार्य भएको छ।प्रकाश महतकै प्रस्तुतिमा रहेको ‘रुमाल राम्रो’ बोलको गीत आउने भएको छ।युबराज मगरको संगीत र रमेश बिजिको शब्द रहेको गीत निकै अपेक्षा गरिएको गीत भित्र पर्दछ।

झन्डै १ दर्जन गीतमा लगातार सहकार्य गर्ने सम्झौताका साथ् प्रकाश महतले युबराज मगर संग सम्पर्क गरेका हुन्।सोहि अनुरुप सुरुवाती गीत भने ‘रुमाल राम्रो’ बजारमा आउने भएको छ।गीतमा युबराज मगर र मेलिना राईको सुमधुर आवाज जोडिएको छ।गीत रेकर्ड कार्य र भिडियो निर्माण कार्य सकेर रिलिजको तयारीमा रहेको छ।

भिडियोको निर्देशन भने युबराज मगरले गरेका हुन्।नायक पल शाह र सुभेच्छा मगर भारतीको अभिनय रहेको भिडियो युबराज मगरकै युटुब च्यानल मार्फत आउने भएको छ।प्रकाश महत एक सफल ब्यबसायी मात्रै न भएर गीत संगीतलाइ धेरै माया गर्ने एक व्यक्ति हुन। उनले हरेक कलाकारको दुखलाई सहज रुपमा अगाडी बढाउँन भूमिका निर्बाह गरिरहेका छन।उनि अहिले दुबईमा सफल ब्यबसाय गर्दै आएका छन भने नेपालमा पनि उनको बिभिन्न क्षेत्रमा लगानी रहेको छ। आउदै गरेको गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।