५” स “को संकल्प सहितको प्रतिबद्धता लिएर चुनावी मैदानमा होमिएको छु – जीवन कुमार राई

असोज ६ , गौरादह /
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको दौडधुप तिब्र रुपमा चलिरहदा प्रदेश न १को प्रदेश सभा छेत्र न ५ (क) को सभापतीमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका जीवन कुमार राई द्वारा जारी प्रतिबद्धता ….

‘५-स’ को संकल्प सहितको रणनीति लिएर आगामी निर्वाचनका निम्ति यहाहरु सामु आफ्नो कार्यक्षमताको मुल्यांकनका लागी आफुलाई प्रस्तुत गरेको छु।

‘५-स’ को शाव्दिक अर्थ र संक्षिप्त व्याख्या यहाहरु समक्ष प्रस्तुत गरेको छु।

१. सहमती:
नेपाली कांग्रेस पार्टिमा आबद्ध रहेर आन्तरिक लोकतन्त्रलाई जिवन्त राख्ने प्रकृयामा आफुलाई सामेल गर्दै गर्दा, पार्टिलाई सहमतीका आधारमा साझा नेतृत्व दिने र दिलाउने हरदम प्रयत्न रहिरहने छ।पार्टि भित्रको आन्तरिक एकतालाई मजबुद गराउन सहमितीको बाटोबाट सबैले साझा अपनत्व वहन गर्नसक्ने सवल र सक्षम नेतृत्व प्रदान गर्न मेरो सदैव सकरात्मक भूमिका रहनेछ र प्रत्यक्ष संलग्नता रहनेछ।

२. सहकार्य:
पार्टिलाई परिवारको रुपमा परिणत गरेर, विचार र आस्थाको धरोहरकोरुपमा स्थापित गर्दै, नेतृत्व अभ्यासका जस्तासुकै मोडहरुमा पार्टिभित्रका सबै तह र तप्का साथीहरु संग सदैव सहकार्य गरेर पार्टिलाई सफल नेतृत्व प्रदान गर्ने मेरो उद्देश्य हुनेछ।
पार्टिले परिकल्पना गरेको सहकार्यको रणनीतिलाई अक्षरस पालना गर्ने र गराउने विषयमा म सदैव क्रियाशील रहिरहनेछु।

३. सहभागिता:
नेपाली कांग्रेस पार्टीलाई समयसापेक्ष सवल र सक्षम नेतृत्व प्रदान गर्न पार्टिका बिबिध मोर्चा र जिम्मेवारीहरुमा योगदान र योग्यताका आधारमा सहभागी गराउने, पार्टिमा जिम्मेवारी लिएर पूर्णतया निष्ठाका साथ नेपाली कांग्रेसप्रति साचो समर्पण व्यक्त गर्ने साथीहरुको ईच्क्षाशक्तिको उचित सम्बोधन गर्दै उहाहरुको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिबृद्धका निम्ती पार्टिमा बिभिन्न योजना र कार्यक्रमहरु तयगरी पार्टिलाई सफल बनाउन सबैको बराबरी सहभागिताका लागी पहल गर्ने।

४. सम्मान:
नेपाली कांग्रेस पार्टिले परिकल्पना गरेको समावेशीताको सिद्धान्त अनुरुप सबै क्षेत्र, भुगोल, वर्ग र सम्प्रदायीक मत र मनहरुलाई पार्टिमा अस्तित्व दिलाई सबैको आत्मसम्मानका निम्ति पार्टिमा अभियान चलाउने।
पार्टिमा अनवरत योगदान पुर्याउने अग्रज तथा ज्येष्ठ नागरिकहरुको उचित सम्मान गर्ने संस्कारको थालनि गर्ने।युवाहरुलाई नेतृत्वका लागि पर्याप्त अवसरको श्रृजना गरि, युवा पंक्ति तथा समग्रमा पार्टिमा योगदान पुर्याउने सबैको भावनाको सम्मान गर्ने-गराउने संस्कारको विकास गर्ने।

५. सह-अस्तित्व:
पार्टिको आन्तिरक नेतृत्वलाई चलायमान बनाउनका लागी पार्टिमा प्रत्यक्ष अथवा अप्रत्यक्षरुपमा सक्रिय सबै खाले पदाधिकारी, क्रियाशिल सदस्य,साधारण सदस्य र आस्थावान सबैको अस्तित्वलाई पार्टिभित्र स्थापित गरि एकले अर्काको अस्तित्वलाई स्विकार्दै र सम्मान गर्दै संगठन भित्र एक-अर्काप्रति सम्मान र सद्भावको भावनालाई जागृत गर्ने संस्कारको विकास गर्न र सामूहिक नेतृत्व तथा सामूहिक निर्णय र सह-अस्तित्वको भावनालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पार्टिलाई सबैको साझा संस्था र आस्थाको केन्द्र बनाउन सामूहिक नेतृत्वको सिद्धान्तबाट सबैको रचनात्मक सल्लाह र सुझावलाई स्विकार गरि, स्वस्थ र स्फूर्त नेतृत्व स्थापित गर्ने र ५ वटै बुदामा प्रतिवद्ध भई सामूहिक प्रयत्नमा नेपाली कांग्रेसलाई जन-जनको मन-मनमा स्थापित गर्ने र यस क्षेत्रमा थप शसक्त र गौरवशाली संगठनको निर्माण गर्ने।

माथी उल्लेखित ५ बुदाहरुलाई मैले ‘५-स’ को अवधारणामा समेटेर हातका ५ औलालाई विम्वकारुपमा प्रस्तुत गरेको छु।
५ औलाको संगठितरुप एक मुट्ठि हो। मुट्ठि आफैमा एउटा तागत हो।पार्टिमा सामूहिक नेतृत्वलाई स्थापित गर्न ‘५-स’ अर्थात; सहमति, सहकार्य, सहभागिता, सम्मान र सह-अस्तित्व’ को मेरो अवधारणामा यहाहरुको सहमती, सद्भाव, साथ र सहयोग रहेमा हामीले परिकल्पना गरेको स्वस्थ र स्फूर्त संगठन निर्माण गर्न हामी सफल हुनेछौ।
मतदाताका लागी विकल्प रोज्नु आफैमा कठिन घडि हो।यो मेरा लागि मात्रै नभएर हजुरहरुका निम्ति पनि एउटा परिक्षा हो।समय सापेक्ष नेतृत्व चयन गर्न हजुरहरु सफल हुनुभयो भने मात्रै हाम्रो साझा सपना, साझा संकल्प र सामूहिक नेतृत्वको अभिलाशा पुरा हुन्छ।यो परिक्षामा हजुरहरु सफल हुनुभनेको पार्टि सफल हुनु हो र पार्टिको भविष्य सुरक्षित हुनु हो।
अझै पनि यहाहरुलाई कर्मको सहि मुल्यांकनका लागि अपिल र अनुरोध गर्दछु।
यहाहरुको अमुल्य सल्लाह र सुझावको सदैव प्रतिक्षा पनि गर्दछु।
जयनेपाल