बिष्णु माझीकि बहिनीले रुँदै खोलिन बिष्णु माझी बाहिर सार्वजनिक नहुनुको कारण (हेर्नुस् भिडियो)

अहिले चर्चामा आएको चरी जेलैमा भने गीत जताततै भाइरल भैरहेको छ।यस गीतलाई कतिपयले विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत भनेर पनि अर्थ्याइरहेका पनि छन्।विष्णु माझी जस्तै अनुहार भएकी र धेरैले विष्णु माझीकै बहिनी भनेर भनिरहेकी एकजना चेली अस्मिता तामाङले विष्णु माझीलाई बाहिर निस्कन आग्रह गरेकी छन्।व्यक्तिगत लाइफ सबैको हुन्छ यद्यपि उहाँ जस्तो गायिका जो तीन करोड नेपालीको मनमुटुमा बस्न सफल भएकी छन्।

तसर्थ उहाँ जस्तो मान्छे बाहिर निस्कनु पर्दछ।सारा लोकले उहाँलाई खोजी गरिरहेको छ।आम दर्शक श्रोताको मन बसिसकेपछी उहाँले खोजी गर्नु स्वभाविक नै हो।उहाँ बाहिर आउनु पर्‍यो,उहाँसंग कुनै एउटा कार्यक्रममा गीत गाएर भए पनि धेरै पैसा कमाउने अथाह क्षमता छ,उहाँ जस्तो मान्छे यसरी गुमनाम भएर बस्न हुँदैन भनेर पनि भनिएको छ।

उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।

विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भएतापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्।धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिकाटिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्।उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्या क्ट,पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्।

सुन्दर मणीले उनलाई दोश्रो विवाह गरेर उनको श्रम शोषण समेत गरि बन्धकमा राखेको भनेर कतिपय हल्लाहरू पनि आ रुपमा आइरहेका छन्।उनको खोजी गर्न भनेर बेलाबेलामा आवाज पनि नउठेका भने होइनन्।तर उनी कहाँ छिन्,कुन अवस्थामा छिन् भन्ने बारे अझैसम्म पनि अन्योल नै छ।प्रत्येक वर्ष बिशेषगरि तीजमा हीट गीत निकाल्ने गरेकी छिन्।