अर्जुन र विमलको ‘चुम्बन गरिस्यो’मा अन्जलिको दम्दार अभिनय (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’सार्वजनिक भएको छ । गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान)ले साथ दिएकी छिन ।

सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेएका मोडल बिमलअधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ ।

अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ ।भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् ।

भिडियो भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।