अमेरीकामा कलाकारहरुको अधिवेशन सम्पन्न,अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित

उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ।

न्युयोर्कको क्विन्समा गत सेप्टेम्बर ६ का दिन सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनिनिर्विरोध चयन गरेको छ । न्यूयोर्कमा सम्पन्न संघकोअधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।

१७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचनसमिति रहेको निर्वाचन समितीमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परीवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए ।

निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन रफिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोकचेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन , सुमन टि लिम्बु रहेका थिए । सोहि अवशरमा नब निर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको शपथ ग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर,उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितीको बोर्ड सदस्यहरुमा
नविन श्रेष्ठ ,चिनिया लाल श्रेष्ठ , बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवी साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो।