सुर्यास्त पछी गर्नुहुदैन यी काम, जान्नुहोस्

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नेपाली हिन्दु समाजमा महिलालाई घरको लक्ष्मी समान मानिन्छ । हिन्दु धर्मका अनुसार महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ । तर ज्योतिष शास्त्रका अनुसार भने केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन भनेर अर्थाइएको छ । यस्ता कामका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ ।

त्यसैले सुर्यास्तपछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन भन्ने मान्यता रहेको छ । महिलाले यस्ता काम गर्नाले जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुनसक्छ । ज्योतिष शास्त्रका अनुसार महिलाले सुत्नु अघि कपाल नुहाउनुहुँदैन, यस्तो गर्नु हानिकारक हुन्छ । महिलाहरुले रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्दा घरमा लक्ष्मीको बास हुन्छ भने घरमा वैभव, सम्पन्नता घरमा आउँछ भन्ने विश्वास गर्ने गरिन्छ ।
पुरा भिडियो हेर्नुहोस् |