सर्प बिज्ञले यसरि पक्रनु पर्छ सर्प भनेर सिकाउँन खोज्दा करेट सर्पले टोकेपछि । (भिडियो सहित्)

मोरङ– सर्प संरक्षक प्रेम बिष्टले सर्प पालन सुरु गरेका छन । बन कार्यलयमा काम गर्ने प्रेमले विभिन्न ठाउँमा गएर घर घरबाट सर्प समातेर ल्याउने गरेका छन । सर्प समात्न सिपालु प्रेम बिष्टले सर्पलाइ असाध्यै माया गरेर पाल्छन । अब भने सर्प पालन नै सुरु गरेका छन । सर्पको टोकाइबाट मान्छेलाई बचाउन चाहिने औसधि सर्पकै बीस र घोडाको रगतबाट तयार गरुने भएकाले अब फारम नै खोल्न तयारी हुँदै गरेको प्रेम बिष्टले जानकारी दिए ।

धेरै पहिलादेखि नै सर्पलाइ माया गर्दै आएका प्रेमले करिब ५÷६ हजार भन्दा धेरै चाहिँ बिषालु सर्प समातिसकेका छन र बीस बिनाका सर्प त गनेर साध्य नै नभएको बताउछन । उनले कसैको घरमा सर्प आएर कसैलाई क्षती पुर्याउन आट्यो भने गएर समाउछन । र त्यो सर्पलाई पनि सुरक्षा हुने र मानबलाइ पनि क्षती नहुने कतै जङ्गल अथवा सुरक्षित ठाउमा पुर्याउछन । अब भने सर्प पालन गरेर नेपाललाई केही राम्रो गर्ने योजना बनाउदै गरेको र यसमा सरकारको पनि साथको आवस्यक रहेको बताउछन ।

आजको यो भिडियोमा प्रेम बिष्टले ‘कुन सर्पको बिष लाग्छ, कुनको लाग्दैन ?’ भन्ने बारेमा जानकारी दिएका छन् ।

भिडियो सहित्: