महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ सार्वजनिक

काठमाण्डौं ।
नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जी. बि. क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ । ’ हामी खस क्षेत्री ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।