चर्चित छायाचित्रकार राजीव श्रेष्ठ तीजको अवसरमा महिलाहरुका तस्बिर कैद गर्न व्यस्त

डिसी महानगर । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका फेशन (भेषभुषा) तथा व्यवसायिक चर्चित छायाचित्रकार(फोटोग्राफर) राजीव श्रेष्ठ तीजको अवसरमा महिलाहरुका तस्बिरहरु खिच्न र कैद गर्न व्यस्त भएका छन ।

उनले अमेरिका आएर मात्र तीज उत्सवमा फोटोसुट अर्थात् छायाचित्र लिन लागेका हैनन । ३ दशक देखि व्यवसायिक फोटोग्राफर अर्थात् छायाचित्रकारको रुपमा आफूलाई स्थापित गरेका विशेष गरि ग्लामर (मोहकता )तस्बिरहरु खिच्न प्रारम्भ गरेका श्रेष्ठले नेपाल हुँदा देखि नै तीजमा सबै वर्गमा महिलाहरुकातस्बिर खिच्दै आएका छन् । अमेरिकामा पनि यसलाई निरन्तरता दिएका छन् ।

श्रेष्ठ डिसी महानगर क्षेत्रमा रहेका महिलाहरुको महान चाड तीज पर्वमा महिलाहरुका तस्बिर खिच्न व्यक्त छन् ।

त्यति मात्र हैन उनले अमेरिकामा पनि हरेक बर्ष ग्ल्यामर क्यालेन्डर ( मोहकता भित्रे पात्रो ) प्रकाशित गरि रहेका छन् । नयाँ तथा सबै कलाकारलाई उनीहरुको कलाकारितालाई पहिचान गरि सदैव हौशला प्रदान गरि उनीहरुको अन्तर निहित प्रतिभालाई प्रवर्द्धन गर्न पछि कहिले हट्दैनन् । थप प्रोत्साहन गर्ने र हौसला दिने गर्छन ।

यसको अतिरिक्त उनले नेपालका चाडपर्व,परम्परा ,कला ,संस्कृति आदीलाई परदेशमा पनि संरक्षक,जगेर्ना र प्रवर्द्धन गर्न कहिले सम्झौता गरेनन । यस्ता चाड पर्व ,उत्सव,नेपालका संस्कृति, कला आदिलाई आफ्नो पेशाको माध्यमबाट जगेर्ना गर्न लागि परि रहेका छन् ।

बिश्वभरि पुगेका नेपाली महिलाहरुले तीज मनाउने क्रम सँगै महिलाहरु नाच-गान र खानपिनमा मात्र सिमित नराखी व्यवसायिक फोटोग्राफर(छायाचित्रकार )बाट तीजको तस्बिर खिचाउने चलन निकै लोकप्रिय हुदै गएको छ ।

श्रेष्ठले तिज विशेष ‘फोटोशूट’ अर्थात् तीजका तस्बिर खिच्ने काम सम्पन्न गरेका छन् । नेपालमा रहँदा पनि तिज-पर्वलाई विभिन्न नमुना (मोडेल) तथा सेलेब्रिटी(बिशेष व्यक्तित्व ) का तस्बिरहरु खिची प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि यसरी खिच्न पाउदा हर्ष व्यक्त गरेका छन् ।

तीजमा महिलाहरुले प्रयोग गर्ने रातो साडी,गर-गहना, कपडा र रंग (कलर) ले महिला चेलीबेटी /दिदीबहिनीहरुको तस्बिरहरु कलात्मक र सुन्दर देखिने उनले ईनेप्लिजसंगको कुराकानीमा बताए । उनले थप्दै भने तीजको फोटोशूट अर्थात् तस्बिर खिच्ने कार्यलाई बढी बिशेष महत्व दिने गरेको बताए ।

तीजमा कैद गरेका तीज बिशेष तस्बिरहरुले महिला दिदीबहिनीहरुलाई आफ्नो कला र संस्कृति प्रति महत्व झल्काउँछ र उनीहरुमा आत्मविश्वास बढाउने उनले बताए ।