राष्ट्रघाती एमसीसी : विषय:- प्रेस विज्ञप्ति

विषय:- प्रेस विज्ञप्ति

२०७८/०५/२१
यहि मिति २०७८/५/१८ गते नेपाल सरकार गृहमन्त्रालय द्वार राष्ट्रघाती एमसीसीतिर लक्षित गर्दै बिदेशी मित्र राष्ट्रहरुको सहयोगमा संचालित आयोजनाका बारेमा नकारात्मक टीका टिप्पणी नगर्न र मित्र राष्ट्रहरुको बिरोध गर्नेलाई सूक्षम निगरानी गरिरनेछ भनी आफ्ना राष्ट्रका पक्षमा ससत्त ढंगले आवाज उठाई रहनु भएका संचार माध्यम र सम्पुर्ण देशभक्त नेपाली जनताको आवाज लाई दबाउदै निरंकुश को बाटोमा अगाडी बढ्दै संघिय लोकतन्त्र गणतन्त्रलाई अपहरण गरि न्यायको आवाजलाई कुन्ठित गर्ने गरि गृहमन्त्रालय बाट जारी गरिएको धम्कीपुर्ण विज्ञाप्तिको बारेमा हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । साथै राष्ट्रीय स्वाधीनताको पक्षमा आवाज उठाउने देशभक्त नागरिक हरुलाई त्रसित पार्ने गरि आएको धम्किबारे हाम्रो संगठन घोर भत्सर्ना गर्दछ।

यसरी लोकतन्त्र को हत्या गर्दै आम नागरिक हरुलाई बोल्नु बाट बंचित गराउदै निरंकुश शैलिबाट प्रतिगमन को बाटोमा अग्रसर बन्दै आफ्नो राष्ट्र र राष्ट्रीयता माथी कुनै ख्याल नगरी जनताको आवाज लाई बेवास्था गर्दै बिदेशिको गोटि बनी सहयोगका नाममा स्वार्थको लागि जस्तोसुकै राष्टघाति सम्झौता गर्न लम्पसार भई तयार भएर बसेका छन् खबरदार दलालहरु होसियार २१ औं शताब्दीमा जनतालाई झुक्याउने प्रयास नगर्नुहोस तपाईहरुकै पटक-पटक बदमासिको कारण सबै जनता चलाख बनिसकेका छन् । तपाईं हरुले जे -जे बदमास गरेपनी आम नागरिकले सहनु पर्ने हो त ? अब कहिले सम्म सहने सरकार ? अब त अति भएन र ? राष्ट्रघाती एमसीसी षड्यन्त्र पुर्ण ढंगले पास गराउने खेलमा लाग्नु भयो भने जनमुक्ती सेना चुप लागेर बस्ने छैन एमसिसी पास गराउन भुमिका खेल्ने सांसदहरुको पहिचान गरि क्षेत्र- क्षेत्र बाट भ्याकुर लखटे झै लखट्ने छौ।

सबै नागरिकहरु राष्ट्रको पक्षमा उभिएर निरन्तर रुपमा न्यायको पक्षमा र राष्ट्रघाती एमसीसी खारेजिको अभियानमा सहभागी हुँदै दलालहरुको धम्की बाट नडराई दलालहरुलाई प्रतिबाद गर्दै अगाडि बढ्न बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रिय संघर्ष समिती सम्पुर्ण राष्ट्रप्रेमी, देशभक्ति जनसमुदायहरु लाई हार्दिक अपिल गर्दछ ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास)
प्रबक्ता तथा उपाध्यक्ष
9851118966