गौरादहका ३ वडामा जुटेन सहमती , नेतृत्व चयनका लागि आइतबार निर्बाचन हुने

भाद्र १९ , गौरादह /
युबराज रेग्मी

झापा जिल्लाको गौरादह नगरपालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा तहको अधिबेशनमा ३ वटा वडा हरुमा भोलि २० गते आइतबार नेतृत्व चयनका लागि चुनाब हुदैछ ।

१४ औं महाधिबेशन अन्तरगत भोलि २० गते हुने वडा कार्यसमिती तथा क्षेत्रिय प्रतिनिधिको चयनका लागि नेका झापा जिल्ला निर्बाचन कार्यसमिति द्वारा निर्धारित निर्बाचन कार्यतालिका अन्तरगत गौरादह नगरपालीकाको वडा न २,६ र ९ न वडामा नेतृत्व चयनका लागि गरिएको सर्बसम्मतको प्रयास निरर्थक भए पस्चात नेतृत्व चयनको गाठो फुकाउन चुनाब हुन लागेको हो ।

गत स्थानिय चुनाबमा नगरमा काङ्ग्रेसले प्यानलै जितेका वडामा आफ्नै मैदानमा पार्टी भित्रको नेतृत्व चयनकालागी भने काङ्ग्रेस आफै सग भिड्दैछ ।

स्थानिय चुनाबमा प्यानलै जितेका ३ वटा वडा बाहेक मिश्रीत नतिजा प्राप्त गरेको वडामा भने काङ्ग्रेसले १४ औं महाधिवेशनको वडा तहको नेतृत्व चयनमा सर्बसम्मत गरेको छ ।

भोली आइतबार हुने ३ वटा वडाको निर्बाचनको नतिजालाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्बाचनको नतिजाले नगरको आसन्न निर्बाचनमा आकांक्षा राखि सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका उमेद्वार गोपाल कोइराला र यादब राज सेडाइको प्रतिस्पर्धा लाई प्रभाब पार्ने निस्चित छ ।

त्यसो त वडा तहको उम्मेद्बारी चयनमा सर्बसम्मत गर्न चुकेको नेपाली काङ्ग्रेस गौरादह नगर समिती र सम्बन्धित वडा समितीले नगरको चुनाब सर्बसम्मत गर्न नसके आगामी स्थानिय चुनाबमा त्यसको प्रत्यक्ष असर पर्ने हुनाले काङ्ग्रेस लाई यो आन्तरिक गुट र फुटको राजनिती भारी पर्ने देखिन्छ |