पोखरामा पहि’रोले घर बगाउँदा पाँच जनाको मृ’त्यु

पोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको प’हिरोले घर बगा’उँदा पाँचजनाको मृ’त्यु भएको छ । पाँचजना घा’इते भएका छन् । कास्की प्रहरी प्रमुख रमेश थापाले पोखरा महानगरपालिका–२० भलाममा चार र पोखरा महानगरपालिका–११ काहुँमा एक गरी पाँचको मृ’त्यु भएको बताए ।

पोखरा–२० भलाम र्‍याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको प’हिरोका कारण मृ’त्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घट’नास्थलमै मृ’त्यु भएको थापाले बताए । उनीहरूका तीन वर्षीय छोरा सन्तोष बेप’त्ता छन् । नौ वर्षीय अर्का छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भलामकै मूलाबारीमा घरमाथिको ढि’स्को खस्दा विष्णु सार्की र उनका आठ वर्षीय छोरा सुजन सार्कीको ज्या’न गएको छ । पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एउटा घर प’हिरोमा पु’रिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृ’त्यु भएको छ । प’हिरोमा प’रेर घा’इते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्केकी छन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उ’द्धार गरिएको थियो ।

पोखरा महानगरपालिका–११ कसेरीमा अर्को घर पहिरोमा पुरिँदा एकदेव तिमल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिश घाइते भएका छन् । भलामकै मुलाबारीमा अर्को एक घर प’हिरोले ब’गाएको छ । घरमाथिबाट अन्दाजी राति १२ बजे ढिस्को खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार पोखरा–६ बैदाममा शिव पौडेलको घरमा बा’ढीले क्ष’ति पुर्‍याएको छ ।