पेटको बच्चा मेरो हैन भन्दै श्रीमानले थिचेर मारे, परस्त्री संग अस्लिल कार्य गरेको फोटो पठाए,रोइन दिदि(भिडियो सहित)

इटहरी/कतिपय पुरुषले आफ्नी श्रीमतीलाई कुन हदसम्म धोका दिन्छ भन्ने कुरा सुनसरीको घटनाबाट थाह हुन्छ ।
इटहरी–२ की ३४ वर्षिया तुलसा बुढाथोकीले आफ्ना श्रीमान विनोदकुमार पाण्डेको कर्तुतको बारेमा आइतबार सञ्चारकर्मीहरुलाई बताएपछि त्यस घटना बाहिर आएको हो । आठ वर्षअघि विवाह भएपछि तुलसा गर्भवती भएकी थिइन् । ‘श्रीमानले मादक पदार्थ सेवन गरी पेटमा लात्तिले हानेपछि गर्भ तुहियो’, तुलसाले भनिन्, ‘तर श्रीमानले माफी मागेपछि मैले प्रहरीकहाँ उजुरी दिइन ।’ श्रीमानले अर्काको गर्भ बोकेको आरोप लगाउँदै पेटमा लात्ति प्रहार गरेको उनले बताइन् ।

उक्त घटना पछि विनोद वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कतारमा रहँदा उनले झापा, गौरादहकी खड्का थरकी युवतीसँग विवाह गरेको तुलासाको दाबी छ । ‘ती युवतीसँग विवाह गरेपछि श्रीमानले मसँग सम्पर्क गरेको छैन’, तुलासाले भनिन् । आफूले न्यायको लागि आफ्नो श्रीमानविरुद्ध प्रहरी कार्यालयमा १० दिनअघि उजुरी दिएको उनले जानकारी दिइन् ।