पोखरा रातीमा पुल नदेख्दा ख’स्यो गाडी,प्र’हरीले खु’लाए घ’टनाको कुरा यस्तो ड’रलाग्दो दृ’श्य दे’खियो

पोखरा महानगरपालिका वडा नम्बर १ ६ दीपस्थित ब्रिटिश पेन्शन क्याम्पको गाडी गएराती पुलबाट फिर्के खोलामा खसेको छ।

राति करीब अन्दाजी २ बजेको समयमा ब्रिटिश पेन्शन क्याम्पको ६०(०(४६७ नं को गाडी पुलबाट फिर्के खोलामा खसेको हो ।

अत्यधिक तीब्र गतिमा बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ आउदै गरेको उक्त गाडी अनियन्त्रित भै पुलबाट फिर्के खोलामा खसेको स्थानीय बासिन्दाहरुले बताएका छन्।

पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा महानगरपालिका वडा नम्बर १६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीकाप्रबक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई उद्धार गरेर आफन्तको जिम्मामा पठाएको पनि प्रहरीले जानकारी दिएको छ।

पोखरा-बाग्लुङ्ग राजमार्गको पोखरा महानगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ। राजमार्ग चार लेनको रहेपनि फिर्के खोला पुल जम्मा एक लेनको रहेको छ। चार लेनको बाटोमा तीब्र गतिमा आउने सवारी साधनहरु त्यहाँ आएर झुक्किन गइ दुर्घटनामा पर्ने गरेको गाडी चालकहरुको गुनासो छ।