गैर आवासीय नेपाली संघ यू के (NRNA) अन्तर्गत गोर्खा बिभाग (कार्य समिति ) गठन

“लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गोर्खा समस्या समाधानका लागि विस्तृत योजना सार्वजनिक गरेका छन । पुर्ण कार्य समितिको मंगलबार साँझ बस्ने दोस्रो भर्चुअल बैठक अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विस्तृत योजना सार्वजनिक गर्न लागेका हुन् । एनआरएनए युके महासचिव खुशी लिम्बुका अनुसार गोर्खा विभाग संयोजक तथा एनआरएनए युके अध्यक्ष गाहामगरले भुतपुर्व गोर्खाका समस्या समाधान गर्न विस्तृत योजना अघि बढाउन लागेका छन ।

अध्यक्ष गाहामगरको संयोजकत्वमा रहेको गोर्खा विभागमा भीम सारु मगर, प्रवक्ता भरतमणि चोङवाङ, सदस्य सचिव चम्पा थापामगर, विनोद बुढाथोकी र भक्त दर्जी छन । उक्त विभागले भुतपुर्व गोर्खा सम्मिलित संगठनहरु विजिडव्लुएस, गेसो, सत्याग्रह संघर्ष समिति, नेसा, बिजिएइएसओ र गोर्खा नागरिकता निरन्तरता युके मिलेर काम गर्नेछ । ति संस्थाहरु सँग सरसल्लाह गरि गोर्खा विभागले गोर्खाका समस्या समाधान गर्न थप पहलदकमी लिनेछ । त्यसैगरी, विभागले गोर्खा वेलफेयर टष्ट, गोर्खा वेलफेयर एडभाइस सेन्टर सँग पनि मिलेर अघि बढने योजना तय गरेको छ । विभागमा ले.कर्णेलद्वय तोल खाम्चा र देवेन्द्र आले सल्लाहकार तथा सोलिसिटर राजु थापा कानुनी सल्लाहकार छन ।

इंग्ल्याण्ड राज्य समन्वय परिषद्, वेल्स राज्य समन्वय परिषद्, स्कटल्याण्ड राज्य समन्वय परिषद् र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद् गरि चारै राज्य समन्वय परिषद्मा अन्तर्गत बसोवास गर्ने सबै भुतपुर्व गोर्खाको समस्या समाधान एनआरएनए युकेले गर्ने अध्यक्ष गाहामगरले बताए । चार वटा राज्य समन्वय परिषद्मा ४ कन्ट्री कोअर्डिनेटर, १२ काउन्टी कोअर्डिनेटर छन र ५४ जना क्षेत्रीय कोअर्डिनटेर छन । बेलायतभर ८० जना टिमले आ आफ्नो ठाउँबाट एकसाथ काम गर्नेछन ।

बेलायतका प्रधानमन्त्री वोरिस जोन्सनको कार्यालय अघि १० डाउन स्ट्रीट अघि १३ सम्म आमरण अनसन बसेका भुतपुर्व गोखाहरुको समस्या समाधानमा एनआरएनए युकेले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । यसवाहेक ७६ जनाको समुह बनाएर अध्यक्ष गाहामगरले कार्य गरिरहेका छन । बैठक आज साँझ ८ बजे बस्दैछ ।

गोर्खा विभाग र क्षेत्रीय संयोजक, काउन्टी संयोजक र कन्ट्री संयोजकको नामावली यस प्रकार छ:
(name lists & photo is attached) ”