हालै अफगानिस्तानबाट उद्दार गरी बेलायत ल्याईएका नेपालीहरुले बेलायतमै बस्न पाउने, तुरुन्तै होटेल छाड्न नपर्ने।

अफगानिस्थानबाट बेलायत आएका नेपाल र नेपालीहरुको बारे बिशेष खबर।

-रुद्र ढकाल (हलोवाला) लिभरपुल।

होम अफिसका अफिसरले भने – अब नेपालीहरुले जबर्जस्ती युके छोड्न नपर्ने, युकेको होटलको क्वारेन्टाईनबाट भाग्नु पनि नपर्ने। केश चलुञ्जेलकोलागि सबै होटलको बिल युके सरकारले नै तिरिदिने।

हालसालै अफगानबाट रोयल एयर फोर्सको फ्लाईट कनेक्शन मार्फत युके विभिन्न ट्रान्जिट प्वाईन्ट हुँदै बेलायत ल्याईएका नेपालीहरुको थप सहायताको सवालमा ती नबआप्रबासी नेपालीहरुको प्रतिनिधित्व गर्दै बेलायतको लिभरपुल मर्सिसाईड बासी रुद्र ढकाल (हलोवाला) ले निकै सहयोगी भूमिका खेलिरहेको समाचार छ।

ढकालले होम अफिसलाई सिधै सम्पर्क गरी ती आवाजहीन नेपालीहरुको तर्फबाट उनीहरुको अधिकार तथा बसोबास बन्दोबस्तीको बिषयमा पहल गरेकोमा होम अफिसले सिधै उनको मोबाईलमा सम्पर्क गरी ती नेपाली सुरक्षा गार्डहरुको बारेमा थप आश्वाशन दिएको हो।

उनका अनुसार त्यसरी अफगानिस्तानबाट आएका र होटलको क्वारेन्टाईनमा बसिरहेका धेरै नेपालीहरु अन्यौलमा परिरहेका र अहिलेको सङ्कटको अबस्थामा ती नेपालीहरु तालिबानको थप खतरामा पर्ने डरले नेपाल फर्कन नचाहिरहेका र ती नेपालीहरु मध्ये धेरैलाईअंग्रेजी भाषाको कठिनाईले गर्दा र फोनको अभाबले गर्दा आफू मार्फत होम अफिसमा आफ्नो आवाज राखिदिनकोलागि अनुरोध गरेकोमा आफूले ती आवाजहीन मानिसहरुको आवाजहरुलाई एकमुष्ट रुपले जस्ताको तस्तै राखिदिएकोमा आज होम अफिसले सबैको आशाको दियो बालिदिएको हो।

ढकालले आफूसँग सम्पर्कमा आएका मध्ये ७५ जनाको नामावली उनहरुकै अनुमतिमा आजै दिउँसो होम अफिसलाई ईमेल मार्फत पठाएका हुन्। उनका अनुसार उनीसंग अझै करीब सय जना भन्दा बढीको डाटा आईसकेको र उनले ती डाटाहरुलाई राम्ररी प्रमाणीकरण (भेरिफाई) गरिरहेको समाचार छ।

होम अफिसले भन्यो अब कसैले आफू क्वारेण्टाईन बसेको होटेल छोड्न नपर्ने र आयन्दा कसैले डिपोर्टेशनको धम्की पनि खेप्न नपर्ने।

अहिलेको यस आपतकालीन घडीमा होटल क्वारेन्टाईनमा तनाबपूर्ण रुपले छटपटाई रहेका र जी फोर एस G4Sका सुरक्षा फोर्स तथा कुनै पनि ठेकेदार तथा नाईकेहरुले ती आप्रबासीहरुलाई जबर्जस्ती नेपाल फर्काईदिने या डिपोर्टेशनको धम्की दिन पाउने छैनन्। यस अघि सबैले “भरे उड्नु पर्ने हो कि भोली उड्नु पर्ने हो” भन्दै अन्यौलमा दिन काट्नु परेको अबस्था भईरहेकोमा युकेको होम अफिसले ती युद्द मैदानबाट बचेर आएका नेपालीहरुको बारेमा ढकाल मार्फत “तपाईंको नेपाली समुदायको यो महत्वपूर्ण केश हामीले (युकेको होम अफिसले) एकदमै सकारात्मक रुपले गम्भीर चासोका साथ लिएका छौं” भनेका छन् र अब नेपालीहरुले कतैपनि नभागीकन तथा चिन्ता नलिईकन ढुक्कले अरु थप मानवीय सहायताकोलागि बिधिबत प्रोसेस नहुन्जेल सम्म ढुक्कसंग जहाँको त्यही बस्नु होला भनेकाछन्।

ढकालले अमेरिका, क्यानाडा, जर्मन लगायतका एम्बेशीहरुले अफगानिस्तानको रणभूमिमा अलपत्र पारी छाडिएका ती ईमान्दार सुरक्षा गार्डहरुलाई बेलायतले भने अफगानिस्थान देखि नै निकै ठूलो मानवीय उद्दार गरी युके सम्म ल्याएकोमा सम्पूर्ण ती सुरक्षा गार्डहरु तथा सबै नेपाली कम्युनिटीको तर्फबाट हार्दिक धन्यबाद सुनाई दिएको कुरा बताए।

अंग्रेजी बोल्न नसक्ने तथा बेलायतको कानून र संस्कृति बुझी नसकेका ती नबा आगन्तुक नेपाली सुरक्षा गार्डहरुले अफगानिस्थानमा भने अंग्रेजी बोल्ने बेलायत तथा सबै पश्चिमा गठबन्धनका कूटनैतिक संघसंस्थाहरुलाई अग्रपंक्तिमा रहेर नै ज्यानकै बाजी थाप्दै पहरा दिएका थिए। तरपनि अंग्रेजी भाषाको कमजोरीको फाईदा उठाएर ती सोझा नेपालीहरुलाई बेलायतले अहिलेको अबस्थामा त्यतिकै जबर्जस्ती पठाईरहेकोमा उनीहरु तालिबानबाट नेपाल सम्म नै झनै खतरामा पर्न सक्ने जोखिम रहेको कुरा ती कर्मी (पूर्ब सेक्यूरिटी गार्ड)हरुको तर्फबाट आफूले राखिदिएको कुरा स्वतन्त्र मिडियाकर्मी ढकालले बताए।

उपरोक्त कुरा आज २७ अगष्ट २०२१ शुक्रबारका दिन मात्रै युकेको होम अफिसले आधिकारिक रुपमा भनेको हो। यस अघि ती सोझा निमुखा सुरक्षाकर्मीहरुको सवालमा कहीं कतै र कसैबाट पनि आवाज उठाईएको थिएन। शुरुदेखि नै अफगानिस्तानबाट बिस्थापित भएका ती नेपाली आप्रबासीहरुको हितकोलागि स्वतःस्फूर्त किसिमले संयोजनकारी भूमिका खेल्दै जोडदार रुपले आवाज उठाई रहेका स्वतन्त्र मिडियाकर्मी रुद्र ढकाल (हलोवाला) मार्फत होम अफिसका कर्मचारीले आफैले फोन गरी आजै जानकारी दिएका हुन्। यो बिषयमा अझै पनि गम्भीरता पूर्बक भूपू बृटिश गोर्खाका अफिसरहरुसंग पनि ढकालले संयोजन गरिरहेको खबर छ।

क्वारेण्टाईनमा बसिरहेका ती नेपाली यात्रुहरुको बिषयमा खानपान र बसोबासको सवालमा होम अफिसको धारणा राख्दै स्वन्तन्त्र संचारकर्मी ढकालले भने, अफगानिस्तान देखि युके आएदेखिको होटलको बिल जति जम्मै होम अफिसले नै ब्यहोरिदिने भएको छ। होटेल छाड्ने बित्तिकै “होमलेस” भई थप बिचल्लीमा पर्ने सम्भाबना भएकोले अर्को थप ब्यबस्था नहुञ्जेलकोलागि आफू बसिरहेकै होटलमा नै बसिरहनकोलागि होम अफिसले यस्तो ब्यबस्था गर्दै गरेको हो। यो कुरा अफगानिस्तानबाट RAF को फ्लाईट कनेक्सनमार्फत युके आई होटेल क्वारेन्टाईनमा बसेका नेपालीहरुकोलागि मात्रै लागू हुने कुरा होम अफिसले सबैलाई भनिदिन अनुरोध गरेको कुरा ढकालले बताए।

अहिलेको अबस्थामा नेपाल नफर्कीकन बेलायतमा नै बस्ने प्रयास गरेका ती नेपालीहरुलाई उनीहरुको नाम, जन्म मिति, पासपोर्ट नम्बर, मोबाईल सम्पर्क नम्बर या होटलको ठेगाना रुम नम्बर तथा फोन नम्बर सहित आफू मार्फत होम अफिसले ती डाटा विवरणहरु एकमुष्ट रुपमा मागेको कुरा ढकालले बताएका छन्।

कृपया यदी कोही एकदमै आपतमा हुनुहुन्छ भने र यस घडीमा नेपाल जना चाहन्नु हुन्न भने तलको विवरण भरी रुद्र ढकाललाई यो ईमेल ठेगाना: rudradhakal9@gmail.com मा तुरुन्तै ईमेल पठाएमा होम अफिसले दोभासे मार्फत प्रकृया अगाडी बढाउने कुरा बुझिएको छ। ढकालले सम्बन्धित व्यक्तिहरुको डाटाहरु होम अफिसको सुरक्षित ईमेल मार्फत बुझाई दिनेछन् भनिएको छ। वकील तथा बिचका बिचौलिया बिना नै आफ्नो भबिष्यको सुनिश्चित गर्ने यो भन्दा राम्रो अवसर नेपाली समुदायलाई यो भन्दा पहिले कहिल्यै नभएको हुनाले सबै नेपालीहरुले एकदमै गर्ब गर्नु पर्ने कुरा ढकालले बताए।

अफगानिस्तानबाट RAF मार्फत उद्दार गरी बेलायत आईसकेका तर आसाईलम गरी बेलायत नै बस्न चाहने नेपालीहरुले ईमेल मार्फत पठाउनु पर्ने विवरण ( कृपया यस अघि नै पठाएकाहरुले पुन दोहोर्याएर नपठाउनु होला)

आफ्नो पासपोर्ट अनुसारको नाम (Name):

जन्म मिति: (Date of Birth):

पासपोर्ट नम्बर (Passport No):

सम्पर्क नम्बर (भए आफ्नै युकेको सिमकार्ड भएको मोबाईल नम्बर नभए होटलको भएपनि हुन्छ): (Contact No.):

होटलको नाम, ठेगाना र कोठा नम्बर (Name of the Hotel and room no.):

यो बाहेको अरु कुनै पनि अनाबश्यक विवरणहरु अहिले नपठाउनुहोला। पहिले नै सम्पर्क गरी ईमेल पठाई सक्नु भएकोले नपठाउनु होला। सकभर फेसबुकमार्फत नभई यो ईमेल: rudradhakal9@gmail.com मार्फत पठाउनु होला।

~ रुद्र ढकाल, लिभरपुल, ईमेल: rudradhakal9@gmail.com