बिष्णु मझी बारे अहिले सम्म कै ठुलो खुलासा किन बिष्णु माझी आफ्नो बुवा आमा सँग पनि बोल्दिनन् र भेट्दिनन् ? भिडियो सहित

अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु माझी रह,स्यपूर्ण र गुम,नाम जीवन बाँचिरहेकी छन् । उनीसँग एउटा मोवाइल पनि छैन । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् ।

सामाजिक सञ्जालमा उनको नामो,निशान छैन । आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी । सानातिना कलाकारको पनि इन्टरभ्यू छ्याप्छ्याप्ती भेटिने समयमा उनको एउटै इन्टरभ्यू कतै भेटिँदैन । यति मात्रै होइन, विष्णुको नयाँ तस्वीर नै नआएको धेरै भयो । उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्वीर प्रयोग भइरहेको हुन्छ । बिष्णु माझीको बारेमा वक्ताहरु पुन्य गौतम र सकुन शाहाले आफ्नो बिचार राखेका छन हेरौ भिडियो