चर्चित गायक तथा निर्देशक युबराज मगर र मेलिना राइको आवाजमा आयो तहल्का पिट्ने गीत कोकाकोला फिगर

काठमाडौँ : गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन्,उनी र मेलिना राईको स्वरमा ‘कोकाकोला फिगर ’बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना गायक प्रकाश सपूतले गरेका हुन् । युवराज मगरकै संगीत रहेको गीतलाई संजिव बराईलीले एरेन्ज गरेका हुन् । गीतलाइ संगीत म्युजिकको प्रस्तुति रहेको छ।

गीतको भिडियोमा भने मोडल सरोज पर्जा ,सुबेक्षा मगर भारती,बिना रावतले अभिनय गरेका छन्। सरोज पर्जाको कोरियोग्राफीमा गायक युबराज मगर स्वयमले भिडियोको निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले भिडियोको छायाँकन गरेका हुन् ।

गीत गायक युवराजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई नगद ५० हजार रुपैयाँ पुरस्कारको समेत घोषणा गरिएको छ ।
एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय गीतमा स्वर दिएका छन् । ‘मयाली’, ‘सयौँ जुनी’, ‘चरी’, ‘गोरखपुरे रेलैमा’ लगायतका उनका गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् । सार्वजनिक ‘कोकाकोला फिफ़र’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको गायक युवराजले बताए ।