चम्किदै छ यी ६ राशिको भाग्य हेर्नुहोस् दैनिक राशिफल….आज भदौ १० गते बिहिवार !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आँट, शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेको छ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खि न्न हुनेछ । धो का दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औ ष धि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेम सुमधुर हुनेछ भने विभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यवसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा दिदिबहिनीसँग मन-मुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धो का हुनेछ भने पति दाम्पत्य जीवनमा घट-पट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धी हरु नै हाबी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । आफ्नो नजिकको मान्छेसँग सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त, मामा तथा मावली पक्षसँग राय बाजिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेम सुमधुर भएर जानेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिती रहनेछ । धार्मिक तथा पढाई लेखाईकै सवालमा छोटो दुरिको यात्रा हुनेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सजक नबन्दा आफन्त टानेछन् भने अध्ययन तथा कामको शिलशीलामा कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापारमा मन्दी भएपनि कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाईदाले पछी लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोग-विलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य अवस्था सुमधुर बन्नेछ भने अविवाहितहरुको प्रेमले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानीमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा नजिक हुने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक वस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जम-घट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीति कर्मिहरुका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ।