मिस नेपाल नर्थ अमेरिका २०२१ को बिजेता बनिन गरिमा ज्ञवाली

विजय थापा ,न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका-२०२१ ( उत्तर अमेरिका नेपाल सुन्दरी )को प्रतियोगिता गरिमा ज्ञवाली बिजेता बनेकी छिन ।
न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज लगाएकी छिन् ।

प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन ।

यसको साथै मिस ट्यालेन्ट( प्रतिभावान )मा रोशिका गजमेर,मिस कम्युनिटी आउटरिच(सामुदायिक पहुँच )मा एलिना राइ, मिस पपुलर (जनताको मतद्वारा लोकप्रिय ) मा नग्मा गुरुङ्ग (चित्रण योग्य )मा मिस स्माइल(मुस्कान)मा निमिका थापा ,मिस वेस्ट ड्रेस(उत्कृष्ट पोशाक) मा सेलिषा नेपाल,मिस पर्सोनालिटी(व्यक्तित्व)मा गरिमा ज्ञवाली ,मिस डिसीप्लेन( अनुशासन )मा सुप्रिता फुयाल ,मिस क्याटवाक(बिरालो चाल हिडाई )मा दिना केसी ,मिस पर्सोनालिटी( वयक्तित्व)मा गरिमा ज्ञवाली , मिस राईजिगं स्टार ( उदाउदो तारा)मा अलिशा गुरुङ्ग, ,मिस स्किन(उत्कृष्ठ छाला )मा चाँदनी लामा, मिस बेस्ट हेयर( उत्कृष्ट कपाल ) मुना नेपाल ,उत्कृष्ट शरीरमा उर्जा केसी ,उत्कृष्ट हेरिटेज (परम्परा)मा जेनी रावत लगायतलाई प्रदान गरिएको थियो ।

अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।

१८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को अन्तिम प्रतियोगिता न्यूयोर्कको वुडसाइड स्थित तिब्बती सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो ।

पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्च्यात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ,मनिता देवकोटा,मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए ।

सन् २०१८ की मिस नेपाल वर्ल्ड ( नेपाल विश्व सुन्दरी) शृखला खतिवडा अफिसियल मेन्टोर( आधिकारिक परामर्शदाता) तथा मुख्य निर्णायक रहेकी थिईन।
सदिक्षा श्रेष्ठ कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन ।

साहना वज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरि निर्णायकहरुमा चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी,सवु गदाल कार्की,मोनिका घले, मलिना जोशी,डा सुलोचना गुरुग, आशिश प्रसाई, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो ।

११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति हुन् ।