स्थाई बन्ध्याकरण गर्ने पुरुष घटे, सरकारी अस्पतालमा यस्ता छन् सुबिधा (भिडियो)

राधिका रेग्मी पश्चिमाञ्च क्षेत्रीय अस्पताल (संस्थागत क्लिनिक) पोखराकी नर्सिङ अधिकृत ) हुन् । दुई दशक भन्दा बढी नर्सिङ सेवामा कार्यरत रेग्मीले २०७२ साल देखी निरन्तर संस्थागत क्लिनिक अधिकृतको रुपमा कार्यरत छिन् । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालबाट पाईने गर्भवती, सुत्केरी तथा परिवार नियोजनका सेवाहरुबारे हामीले राधिका रेग्मीसंग कुराकानी गरेका छौं । नेपाल सरकारको कार्यविधीमा आधारीत भएर बिरामीहरुको सेवामा लागिरेको रेक्ष्मी दाबी गर्छिन् ।

परिवार नियोजनको अस्थिाई तथा स्थाई साधनकोबारे नागरिकहरु त्यती चासो नदिएको उनले बताईन् । अस्थाई साधनहरु बाहिर किन्न सहज हुने र स्थाई बन्ध्याकरण गर्नेहरुको संख्या घट्दै गएको समेत उनले बताईन् ।