रचना रिमालको नयाँ तीज गीत ‘तीजको महिना छ’ मा हल्का रमाईलोकी ‘मास्टर्नी’ छमछमी नाचिन् (भिडियो हेर्नुस)

चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गितमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् ।

डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत, सबिना आचार्य, रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन् । यी चारै जना मोडलले गीतको भिडियोमा मज्जैले कम्मर मर्काएकी छन् । तीजमा कोरोनाका कारण खुलमखुल्ला भिडभाडमा नाच्न नपाईएको अवस्था र साथीसंगीहरु संग रमाउन नपाईएको अवस्थालाई गीतमा उठान गरिएको छ । मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको भिडियोलाई योगेन्द्र कर्कीले निर्देशन गरेका हुन् ।