आजको राशिफल बि.सं. २०७८ साल भाद्र ८ गते मंगलबार : पाथिभारा माताले कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७- ९८४२१९७३५ ई.सं.२०२१ अगस्ट २४ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धितीया तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सुर्कमा योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूणर् कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूणर् कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण द्धितीया रोपाई जात्रा रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० – बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । आजका लागि शुभ अङ्क स् ३ र शुभ रङ्ग स् सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ त्र्यम्बकाय नमस् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० – सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क स् २ र शुभ रङ्ग स् रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ वैभवलक्ष्म्यै नमस् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० – कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बुं बुधाय नमस् न्यूनतम जापसङ्ख्या स् ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० – आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभ अङ्क स् ९ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ परब्रह्मणे नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० – सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निणर्य र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभ अङ्क स् ८ र शुभ रङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ सङ्कटाभगवत्यै नमस् न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइनेछ । निणर्य क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ । आजका लागि शुभ अङ्क स् ७ र शुभ रङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ इन्द्राण्यै नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० – सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । आजका लागि शुभ अङ्क स् ६ र शुभ रङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ भूमिनन्दनाय नमस् न्यूनतम जापसङ्ख्या स् १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० – ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । आजका लागि शुभ अङ्क स् ५ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ हयग्रीवाय नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० – शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्त्वपूणर् काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आजका लागि शुभ अङ्क स् ४ र शुभ रङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूणर् कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । आजका लागि शुभ अङ्क स् ३ र शुभ रङ्ग स् सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभ अङ्क स् २ र शुभ रङ्ग स् सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ श्रियै नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० – चन्द्रमा राशिमा आइपुगेकाले उत्साहमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै पनि काम गर्नु हुँदैन । खानपान र मनोरञ्जनको आशा जाग्नेछ, मित्रवर्गको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तर्क, बहस र वादविवादमा समेत आफ्नो पकड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ । आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अर्काय नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।