‘सपनीमा’ देखीइन आश्मा (भिडियो)

काठमाडौँ । विश्व शर्मा र आश्मा गिरी अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सपनीमा’ सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा गायिका मेलिना मैनाली र गायक आरके खत्रीको स्वर सुन्न सकिन्छ। अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ।

अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल शर्माको आधिकारिक च्यानल ‘विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिकिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेका छन्।

भिडियो लिंक: