एनआरएनए स्कटल्याण्ड भेटघाट कार्यक्रम मतदातालाई सम्मान, भोला खनाल प्रमुख संरक्षकमा साथै तिन मनोनीत सदस्यहरूको नियुक्ति।

स्कटल्याण्ड — स्कटलैण्डको काउडेनविच् नमस्ते सिमला प्यालेस रेष्टुरेण्टमामा यहि १६ तारिख, सोमबार भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदको पहिलो बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।बैठक संगै संस्थाका अगुवाहरुलाई सम्मानको कार्यक्रम साथै बैठकले विधान अनुरुप ३ जना सदस्यहरु सर्वसम्मतले मनोनित गरेका थिए ।उक्त आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका नवनिर्वाचित अध्यक्ष काशीराम भन्डारीको अध्यक्षतामा बसेको बैठकले ३ जना सदस्यहरुपनि चुनेको छ भने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका थिए। एडिनबराबाट गोकर्ण भुसाल, ग्लास्गोबाट मुना खरेल र एबर्डीनबाट घनश्याम भण्डारीलाई मनोनित गरि निर्वाचन आयोगका अधिकृत राम वगाले द्वारा शपथ ग्रहण गराएका थिए।बैठकले समाजसेवी तथा एनआरएन अभियानका अगुवा भोला खनाललाई प्रमुख संरक्षकमा नियुक्ति गरेको छ। खनाल नेपाल स्कटलैण्ड एसोसिएसन का संस्थापक सदस्य साथै बिभिन्न संघ संस्थामा आबद्ध रहि काम गरिरहेका एक सक्रिय सामाजिक अभियन्ता, व्यवसायी र गैर आवासीय नेपाली संघमा लामो समयदेखि सल्लाहकार को रुपमा समेत निरन्तर योगदान गर्दै आएका छन्।कार्यक्रममा बोल्दै खनालले स्कटल्याण्ड एनआरएनलाई उदाहरणीय बनाउन त्यहाँ रहेका नेपालीहरुका सम्पूर्ण संघ संस्थाको छाता संस्थाको रुपमा विकसित गरेर सर्वसम्मत नेतृत्व चयन प्रक्रियाका लागि पहल गर्न सबैलाई अनुरोध गरे।संघका नवनिर्वाचित उपाध्यक्ष उज्ज्वल कार्कीले स्कटल्याण्डका नेपाली समुदायका समस्याहरुलाई लिएर दूतावासमा डेलीगेसन् गएर ध्यान आकर्षण गर्ने, स्कटल्याण्ड निवासी नेपालीहरुको जनगणना गर्ने र यथार्थ संख्या निकाल्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन सचिव मानिस खत्री र उप सचिव सुमित भण्डारीले गरेका थिए।
कार्यक्रम को दोस्रो चरणमा स्कटलैण्ड का कलाकार हरू द्वारा नाचगान तथा मालिका पञ्चेबाजाले सम्पूर्ण स्कटलैन्ड नेपालीवासी हरूलाई नचाएका थिए।
उक्त कार्यक्रममा स्कटल्यान्डमा का सम्पूर्ण संघ संस्थाका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा खानाको व्यवस्था पनि गरिएको थियो।
धन्यवाद।।।