लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो ।

गुल्मी जिल्ला स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो ।

तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो ।

होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको छ । खुल्ला स्थान र प्रत्येक रुममा बालकोनी रहेका छन् । यस्तै होटलमा टिपिकल नेपाली खाना, थाली सेट, थकाली स्वाद, ईण्डियन, चाईनिज, कन्टिनेन्टल खानाका परिकारहरु उपलब्ध गराईने होटलका म्यानेजर सागर भण्डारीले बताए ।