प्रदिपले सुमीलाई सोधे ‘खै त तिम्रो बुट्टे सारी’ ? (भिडियो)

काठमाडौँ । भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक प्रदिप लामाको रहेको छ। लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ। गीतमा जोगलाल लामाको संगीत संयोजन रहेको छ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोलाई सुर्य लामाले छायांकन र सम्पादन गरेका हुन्। निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक: