तिज गीत ‘दौरा सुरूवाल लाउनेले नि सारी लगाए’ सार्वजनिक

सुबिसुधाको तिज गीत ‘दौरा सुरूवाल लाउनेले नि सारी लगाए’ सार्वजनिक- गीतकार तथा कथाकार सुबिसुधा आचार्यको ‘दौरासुरूवाल लाउनेले नि सारी लगाए’ बोलको तिज गित सार्वजनिक भएको छ । नेपाली संस्कृति, परम्परा र चाढपर्वमा भएका विकृतिविसंगति प्रति निकै नै चिन्ता गरिएको यस गीतमा आश्मा विश्वकर्माको स्वर रहेको छ भने डिबी लामाको संगीत रहेको छ । गीतसङ्गीतको श्रब्य सामाग्रीमै द्विअर्थी शब्द हरू राखीनु र दृश्यमा अङ्ग प्रदर्शन लगायतका विकृति र छाडापन नेपाली गीतमा निकै बढ्दैगएको छ ।

सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा रहेकी छिन् । उनका यस भन्दा अगाडि रहस्यमय भोगाई कथा संग्रह, फ्रन्टपेज कथा संग्रह, अग्नियुद्द कथा संग्रह, म भित्रको म गिति संग्रह लगायत एक दर्जन बढि कृतिहरू प्रकाशित तथा दर्जनौ गीतहरू रेकर्ड भैसकेका छन् । गीत सुन्न तलको लिंकमा जानुहोस्