मिस नेपाल नर्थ अमेरिकाको लागि शृंखला खतिवडा ,सुरज सिंह ठकुरी तथा मलिना जोशी न्यूयोर्क आइ पुगे

विजय थापा ,डिसी महानगर क्षेत्र । बिश्व कै सम्राट राज्य न्यूयोर्क शहरमा आगामी अगस्त ७ का दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,मलिना जोशी तथा प्रख्यात कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी न्यूयोर्क आई पुगेका छन् ।

उनीहरु एकै साथ न्यूयोर्कमा झरेका छन् । उनीहरुलाई विमानस्थल स्वागत गर्न आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठ लगायत आयोजकहरु पुगेका थिए । उनीहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।

सन् २०१८ की मिस नेपाल वर्ल्ड (नेपाल बिश्व सुन्दरी ) शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा हुन् । चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा (ब्युटी विथ पर्पोज )उद्देश्य सँग सौन्दर्य पदक प्राप्त गर्न सफल भएकी थिइन् ।

उनि नेपालका विभिन्न स्थानमा मानवीय परियोजनामा संलग्न हुनुको साथै दीर्घकालीन परियोजनामा काम गरि रहेकी छिन । हार्वर्ड विश्वविद्यालयमा शहरी विकास विषयमा उच्च अध्ययनको लागि समेत अमेरिका आएकोले अध्ययन पुरा नहुन्जेल उनि यतै रहने बुझिएको छ ।

यसै गरि सन् २०११ की मिस नेपाल वर्ल्ड )नेपाल बिश्व सुन्दरी ) तथा अभिनेत्री मलिना जोशी पनि विशेष अतिथिको रुपमा आएकी छिन ।

यसै गरि यही प्रतियोगिताको लागि नेपालका ख्याती प्राप्त कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी पनि आई पुगेका छन् । उनि अतिथिको रुपमा अमेरिका आएका हुन् भने उनको अमेरिका पहिलो भ्रमण हो ।

ठकुरी कान्तिपुर टेलिभिजनसंग आबद्ध छन भने ठकुरी बहु प्रतिभाशाली व्यक्तित्व हुन् । उनि एक चर्चित टेलिभिजन(दूरदर्शन)प्रस्तोता ,कलाकार ,निर्देशक तथा निर्माता हुन्।

उनि हाल कान्तिपुर टेलिभिजन नेटवर्क(संजाल )का कार्यकारी निर्माता हुन् । ठकुरी कल कान्तिपुर नामक कार्यक्रम तथा इट्स माइ सो विथ सुरज सिङ्ग ठकुरी कार्यक्रम संचालन गर्दै आएका छन् ।

उनले धेरै सङ्गीत भिडियो(श्रब्यदृश्य) हरू निर्देशित गरेका छन् ।