एनआरएनए स्कटलैण्डमा नवनिर्वाचित अध्यक्ष काशी राम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमितिको शपथग्रहण सम्पन्न।।।

स्कटल्याण्ड। एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदमा २०२१-२०२३ का लागि नबनियुक्त निर्बाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। १०/०८/२०२१, मंगलवार बिहान नमस्ते सिमला प्यालेस रेष्टुरेण्ट, फाइफ् मा आयोजित शपथग्रहणको विशेष समारोहबीच एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषद का संरक्षक भोला खनालले एनसीसी स्कटलैण्ड बाट नवनियुक्त उपाध्यक्ष मोहन कार्कीको प्रमुख आतिथ्यमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण समारोह कार्यक्रम नेपाली राष्ट्रिय गान को शुरूवातबाट निर्वाचन आयोगका अधिकृत राम बगाले द्वारा प्रथम चरनको कार्यक्रम संचालन सम्पन्न भएको थियो।
सपथग्रहण समारोहका प्रमुख अतिथि एनसीसी स्कटलैण्डका उपाध्यक्ष मोहन कार्की ले एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए र एनआरएनए स्कटलैण्डलाइ स्वायत्त, स्वशासित स्कटलैण्ड बनाउन मा जोड दिने र विगतका दिनमा गर्दै आएको सहकार्य आगामी दिनमा निरन्तर र थप बलियो बन्ने विश्वास व्यक्त गरेका थिए। सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा नवनियुक्त कार्यसमितिका अध्यक्ष काशीराम को अध्यक्षतामा, नवनियुक्त सचिव मनिष खत्री ले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष काशीराम भण्डारी ले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदको नेतृत्व आफ्नो काँधमा सुम्पिने सम्पूर्ण स्कटलैन्डबासी नेपालीहरुप्रति आभार प्रकट गर्नका साथै स्कटलैण्डका सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । चुनावअघि सार्वजनिक गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्नु र स्कटल्याण्डको लागि नेपाल राजदूतावासको गाढा सम्बन्ध र राम्रो समन्वय स्कटलैण्ड नेपालीहरूको माझ ल्याउने आफ्नो पहिलो प्राथमिकता रहने भन्दै अध्यक्ष भण्डारीले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदले स्कटलैण्ड को हक, हित, अधिकार, संरक्षण र विकास मा स्कटलैण्डवासी नेपालीले खोजेको परिवर्तनको चाहनालाई सार्थक पार्ने अठोट व्यक्त गरे।
एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदका निवर्तमान अध्यक्ष, ग्ल्यास्गो एसोसिएसनका अध्यक्ष छबिलाल अर्यालले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्णताका साथ र सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए भने आफ्नो दुई वर्षे कार्यकाललाई सफल पार्न सहयोग गर्ने सिंगो कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरु, स्कटल्याण्ड स्थित सम्पूर्ण संघसंस्था र समुदायप्रति उनले आभार प्रकट गरे। साथै अध्यक्ष पदका प्रत्यासी, निवर्तमान सचिव दिवाकर पाण्डे ले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए र आगामी दिनमा पनि संस्था लाई सफल पार्न सहयोग प्रदान गरिरहने प्रतिबद्धता गरेका छन् भने सल्लाहकारहरू, संरक्षक भोला खनाल, यज्ञमुर्ति ढकाल, एवम् निर्वाचन समितिका अधिकृत राम वगाले लगायतले नवनियुक्त अध्यक्ष काशीराम भण्डारी नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए साथै यस नयाँ कार्यसमिति का सम्पूर्ण नवनिर्वाचित पदाधिकारी हरू उपाध्यक्ष उज्ववल कार्की, सचिव मनिष खत्री, कोषाध्यक्ष शर्मिला भण्डारी, सह-सचिव यशोदा सुमी ओझा भण्डारी, सह-कोषाध्यक्ष प्रजापति शर्मा र सदस्यहरु टिकाराम खराल, कमला श्रेष्ठ, कृष्ण प्रसाद देवकोटा, बलिभद्र अम्माई द्वारा सम्पूर्ण स्कटलैन्ड नेपालीवासी हरूलाई धन्यवाद ज्ञापन का साथै स्कटलैण्ड राज्य समन्वय परिषदको लागि आफ्नो काम कर्तव्य निष्ठापूर्वक गर्ने प्रतिबद्धता गरेका थिए भने महिला प्रतिनिधिहरू कमला श्रेष्ठ, यशोदा सुमी ओझा भण्डारी, शर्मिला भण्डारी द्वारा महिला ससक्तिकरण, महिला सहभागिता बढाई अघि बढ्ने प्रतिबद्धता लिएका छन्।
यस शपथग्रहण कार्यक्रममा स्कटलैण्डका बिभिन्न संघ संस्थाका का पदाधिकारीहरू: एडण्वरा बाट – हिमालयन सेन्टर का अध्यक्ष टिका लिम्बु, स्पोर्ट्स क्लबका अध्यक्ष धन केसी, एनएसए का पुर्व अध्यक्ष राजेन्द्र बम, अबुर्दिन बाट – पत्रकार महासंघ का सल्लाहकार शिव तिवारी, सदस्य प्रत्यासी माधव रेग्मी, ग्ल्यास्गो बाट – प्रत्यासी सचिव राम प्रसाद कंडेल, महिला समुहका पदाधिकारीहरू तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो र सम्पूर्ण नव-निर्बाचित सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गर्न का साथै पुर्ण रूपमा संस्था र समाज विकासको लागि संलग्न रहने बताए। आशा छ सम्पूर्ण मित्रजनहरूको मत लाई मुल्यान्कन गर्दै सबैको सहयोग लिदै सम्पूर्ण नेपालिहरुलाई सद्स्य बनाई हाम्रो एनआरएनए, राम्रो एनआरएनए को सपना पुरा गर्नु हुनेछ !
कार्यक्रममा नमस्ते सिमला प्यालेस रेष्टुरेण्ट द्वारा जलपान को व्यवस्था गरिएको थियो।
धन्यवाद।।।