करण अभिनित तिमी त ‘जाली रैछौं…’ सार्वजनिक

ईस्वर दुलाल,
पथरी । पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त नाम हो करण धिताल । धितालद्वावारा अभिनित ‘तिमी त जाली रैछौ…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केही समयअघि ‘यो खुशी…’, ‘प्रिय तिमी…’, ‘हुँदैछ रे बिहे…’ याद आउँछ लगायत दर्जन बढी म्यूजिक भिडियोहरुमा जीवन्त अभिनय गरिसकेका धितालको ‘तिमी त जाली रैछांै…’ सार्वजानिक भएको हो ।

भिडियोमा करणलाई मेनुका माझीले साथ दिएकी छिन् । यस्तै भुवन खड्का, नयन श्रेष्ठ, शिक्षा लिम्बुको अभिनय रहेको छ । झापा दमकको काब्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुभाष रसाईलीले आवाज भरेका छन् । बारात धिमालको शब्द संगीत, अशोक थापाको एरेन्ज, नन्दु गुरुङ रेकडिसमा रहेका छन् । मोफसलको रमणीय स्थानहरूमा छायांकन गरिएको गीतलाई अशोक लाखेले निर्देशन गरेका हुन् ।

भिडियो :-