गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

२१ साउन, काठमाडौं । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खैके ’ल्याएका छन् ।

गाइजात्रे प्रस्तुतिको विकाश कार्की ,राज कुमार श्रेष्ठ , राम तिमल्सिनाको अभिनय रहेको छ ।

प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिेतिमल्सिनादिएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘ ‘खै के खैके ’ ल्याएका हुन् । गाइजात्रामा मुख्य रुपमा समाजको विकृति र विसंगतीलाई मुख्य रुपमा केन्द्रिकृत गरिएको छ भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । हास्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको गोपालले बताए । गोपालले ‘खै के खैके ’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।
हेर्नुहोस भिडियो ।