८ बर्ष भारतको जंगलमा बसेका नेपाली युवा, उनको अवस्था देख्दा सबै डराए, नेपाल आएर रुदै सुनाए नालीबेली (भिडियो सहित)

मोरङ । उर्लाबारी, हिरालाल धिमाल ६ वर्षअघि एकाएक वेपत्ता बनेका थिए । उर्लाबारी–८ जरुवापानीका हिरालाल गाउँमै जनमन गरेर निर्वाह चलाउथे । उनी वेपत्ता भएसंगै पीरैपीरमा रहेका हिरालालका बाबु बिते । परिवारका सहारा रहेका उनी किन बेपता बने भन्नेमा आफन्तजन चिन्तित बने । कमजोर आर्थिक अवस्थाका कारण उनको खोजी कार्य गर्न परिवारलाई हम्मे पर्यो । दिनहरु बित्दै गए । यस्तैमा एकदिन फेसबुक चलाइरहँदा उर्लाबारीका सामाजिक अगुवा नारायण बस्नेतको आँखा एउटा भिडियोमा गएर टक्क रोकियो । उनले मिहिन ढंगले दृश्यलाई नियाले । बस्नेतलाई कतै देखेको अनुहारजस्तो लाग्यो ।

 

नाङ्गो जिउ, अत्यासलाग्दो अनुहारका धिमालले ‘जब घर कहाँ हो ?’ भनेर सोध्नेलाइ घरि जरुवापानी त घरि गंगटे भनेर बताइरहेका थिए । बस्नेत निश्चिन्तन् भए । अनि उनलाई उद्दार गर्न अग्रसरता लिए । जबकी हिरालाल धिमाल भारतको हरियाणामा फेला परेको भिडियो सामाजिक संजालमा ‘भाइरल’ भइरहेको थियो । तर, उनको उद्दार त के सामान्य चासो लिने काम न त उर्लाबारीको स्थानीय सरकारले देखायो न धिमाल जातीय संघ, संगठनले नै । नारायण बस्नेत, तिनै व्यक्ति हुन् जो त्रिकाल फाउण्डेशनका अध्यक्ष समेत रहेका छन् ।